लेखनाथमा आदर्श कप शुरु, आयोजकको विजयी सुरुवात

सागर राज तिमिल्सिना
पोखरा, २० भदौ/ आयोजक आदर्श क्लबले लेखनाथमा बुधबार देखी शुरु भएको रिद्धिसिद्धि सिमेन्ट २४ औं

सस्करणको आदर्श कप फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । बेलप्रसाद गुरुङले ह्याट्रिक मदतमा

आयोजक आदर्श क्लबले तनहुँ फुटबल संघलाई ४–१ फराकिलो गोल अन्तरले पराजित ग¥यो ।

एक गोलले पछि परेको आदर्श क्लबले घरेलु मैदान लेखनाथ रंगशालामा तनहुँ फुटबल संघलाई ४ गोल फकाउदै

जित सुनिश्चित गरेको थियो । आयोजकले कमव्याक गर्ने क्रममा पहिलो हाफ टुंगिनु अघि २–१ को अग्रता लिएको

थियो । बेलप्रसाद गुरुङले २५ औं मिनेटमा गोल गर्दै आदर्श क्लबलाई बराबरीमा फर्काएको हो । उनले

प्रतियोगिताको पहिलो ह्याट्रिक गर्ने क्रममा ७२ र ७४ औं मिनेटमा गोल गर्दै पुरा गरे । अर्को गोल आदर्शका

डिफेन्स अजित भण्डारीले ३६ औं मिनेटमा गर्दै घरेलु मैदानमा आफनो इज्जत जोगाए ।

सात वर्षपछि आयोजित फुटबल प्रतियोगितामा उदघाटनमै ह्याट्रिक गरेको गुरुङ म्यान अफ दि म्याच घोषित हुदैं

नगद ५ हजारसहित ट्रफी पुरस्कार जित्न सफल भए । तनहुँका लागि दिपेश आलेमगरले खेलको ११ मिनेटमा गोल

गरेका थिए ।

सात वर्षपछि आयोजित प्रतियोगितामा नेपाल पुलिसका डिफेन्स अजित भण्डारी घरेलु मैदानमा सातवर्षपछि नै

आयोजकको जर्सीमा उतारेको थियो । उनीसँगै विसन गुरुङ, विमल बस्नेत, विमल राना र सुवास तामाङ तथा

भारतीय सेनाबाट विदा लिएर फुटलब खेल्ने आएका मनिष तामाङलाई टोलीमा समावेश गरिएको छ । बिहीबार

दोस्रो खेल पोखरा ११ ले स्याङजा फुटबल संघसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतियोगिताको उदघाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकास विना

समृद्धिको परिकल्पना गर्न नसकिने बताए । गण्डकी प्रदेशका सदस्य दिपक कोईरालाले खेलकुदमा लगानी

बालुवामा पानी हाल्नु जस्तै ठान्ने प्रवृत्तिले खेलकुद क्षेत्रको विकास हुनै नसकेको ठोकुवा गरे ।

प्रतियोगितामा आयोजक आदर्श क्लब, कास्की ११, बाग्लुङ फुटबल संघ, स्याङजा फुटबल संघ, तनहँु फुटबल

संघसँगै शसस्त्र प्रहरी बलको एपीएफ क्लब, ब्रिगेड व्वाईज क्लब र जावलाखेल युथ क्लब बीच प्रतिस्पर्धा हुने छ ।

तीन लाख नगद पुरस्कार राशीको उपाधि विजेताले जित्ने छ । उपविजेताको हकमा भने नगद दुईलाख रुपैयाँ पर्ने

छ । उत्कृष्ठ खेलाडीले नगद २५ हजार प्रदान गरिने छ । उच्च गोलकर्ता, उत्कृष्ठ प्लेमेकर, डिफेन्स, गोलरक्षकले

नगद १० हजार रुपैयाा पाउने छन् । प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीलाई नगद ५ हजार रुपैयाँ

पुरस्कार स्वरुप प्रदान गरिने छ ।

कमेन्टहरु
Loading...