लेखनाथको भण्डारढिकमा महोत्सव शुरु, विकासलाई सरकारको मुख नताक्न अध्यक्ष तिमिल्सिनाको आग्रह

पोखरा, ३० कात्तिक / राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले विकासको काममा सरकारको मुख ताक्नु भन्दा जनता आफै अगाडी वढ्नुपर्ने बताएका छन् । अध्यक्ष तिमिल्सिनाले सबै काम सरकारले गर्छ भन्ने सोचको अन्त्य नभएसम्म मुलुकको बिकास नहुने समेत बताए ।

कास्कीको लेखनाथ स्थित भण्डारढिक खेल मैदानमा स्थानिय आदर्श युवा क्लबले आयोजना गरेको प्रथम आदर्श महोत्सवको उद्घाटन गर्दै तिमिल्सिनाले बिकासको काममा सरकार भन्दापनि जनता आफै अग्रसर हुनुपर्ने वताएका हुन ।

आदर्श क्लवले भण्डारढिकमा रहेको खेलमैदानको स्तरोन्नतीका लागी आयोजना गरेको महोत्सवले युवाहरुले सरकारको मुख ताक्न छोडेर आफुखुसी स्थानिय स्तरबाटै बिकास गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेको भन्दै अन्य समुदाय तथा संघ सस्थाहरुले पनि बिकासको काममा सरकारको मुख ताक्नुभन्दापनि आफैले आफ्नो ठाउबाट बिकासको काममा अगाडी वढ््नुपर्नेमा तिमिल्सिनाको जोड रहेको थियो ।

पोखरा आफैमा पर्यटकीय शहर भएकाले विकासमा सरकारले भन्दा पनि स्थानिय स्तरबाटै जनताले विकासको कामको सुरुवात गर्न सकेको खण्डमा सम्बृद्ध नेपाल सुखी नेपाली भन्ने नाराले पूर्णता पाउने वताउदै तिमिल्सिनाले पछिल्लो समय बिकासको हरेक काममा सरकारलाई दोश लगाउने गरेकोमा त्यसप्रति आक्रोस समेत ब्यक्त गरे । आफ्नो घर अगाडीको बिकास आफैले गर्नुपर्नेमा जनताहरु सधै सरकारको मुख ताकेर बिकास कहिलै नहुने तिमिल्सिनाको भनाइ रहेको थियो ।

कार्यक्रममा पुर्व बन मन्त्री संकर भण्डारीले यस प्रकारका मेला महोत्सवले आर्थीक समृद्धिको बाटोबाट देशलाई अगाडी वढाउन सकिने विचार राखेका थिए भने प्रदेश सांसद दिपक कोईरालाले पोखरालाई महोत्सवै महोत्सवको सहर बनाउन सकिने धारणा राखेका थिए।

सोही अवसरमा ईलाका प्रशासन कार्यालय खुदीका प्रमुख चित्रा∙त बराल,वडा नं २९ का वडाअध्यक्ष चेतबहादुर गुरुङ,नेपाली काग्रेसका जिल्ला सदस्य रामवावु भण्डारी, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी,क्लवका सल्लाहकार जंगबहादुर गुरुङ,सामुदायिक लायन्स अस्पतालका अध्यक्ष मेजर रामप्रसाद गुरुङ,लोक दोहोरी गायक शिवहरी ढुगाना,झाकी ब्यवस्थापन उप समितिका संयोजक बुद्धिमाया थापा मगर लगाएतले महोत्सवको आयोजक आदर्श युवा क्लब भए पनि सवैको यो महोत्सवलाई आफनै ठान्नु पर्ने सुझाव राखेका थिए ।

क्लवका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारी

को अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य महोत्सवका संयोजक किसान गुरुङले गरेका थिए भने कार्यक्रम संचालन सचिव पदम गुरुङ र लक्ष्मी पुनले गरेकी थिईन।

कार्तिक ३० गते देखी मंसिर ९ गते सम्म सञ्चालन हुने महोत्सवमा ३ सय स्टल रहेका छनभने महोत्सवमा कृषि जन्य सामाग्रीको प्रदर्शनी तथा बिक्री वितरण, वाल उद्यान, खाद्यान्न प्रदर्शनी, ख्यातिप्राप्त कलाकारहरुद्धारा लोकदोहोरी तथा पप कन्सर्ट, उट प्रदर्शनी लगायतका कार्यक्रमहरु हुने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...