Ganthan News Pokhara
All news from Pokhara & around

पोखराको लेखनाथमा बसको ठक्करले एकको मृत्यु

acc 1
0

पोखरा, ११ बैशाख/पृथ्वी राजमार्गअन्तर्गत पोखराको लेखनाथस्थीत बुढीबजारमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मंगलबार बेलुका ८ बजे पोखराबाट दमौलीका लागि छुटेको बसको ठक्करले गम्भीर घाइते भएका सोही ठाउँका टिकाराम तिमिल्सिनाको उपचारको क्रममा मृत्यु भएको हो ।

ग ६ प ३०२९ नम्बरको बाइकमा सवार पोखरा २७ खरानेका तिमिल्सिनाको उपचारको क्रममा गण्डकी मेडिकल कलेज मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकको खोजी भईरहेको प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरी पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौलीमा मंगलवार माइक्रो बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास नगरपालिका–१० परेवाडाँडाका २३ वर्षीय रमेश शर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ य ४८५ नं को माइक्रोले भित्री सडक खण्डबाट राजमार्गतर्फ आउँदै गरेको ग १३ प ९१८१ नं को स्कुटरलाई ब्यास नगरपालिका–४ शहीदगेट नजिक ठक्कर दिएको थियो ।

ठक्करबाट सख्त घाइते शर्माको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

अरु सम्बन्धित खबरहरु