पोखराको लेकसाइडमा भारतीय गाडीले ठक्कर दियो

महेश ढुङगाना

पोखरा, ११ असार /पोखराको लेकसाइडमा चार वटा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

भारतीय नम्बर प्लेटको गाडीले तीन वटा मोटरसाइकललाई ठक्कर दिदा तीन जना घाइते भएका हुन् । ति मध्ये एक जनाको अवस्था गम्भीर छ भने दुई जना सामान्य छन् ।

एच आर ०९ एल ००० ९ नम्बरको गाडीले पोखराको हल्लनचोकमा तीन वटा मोटरसाइकललाई ठक्कर दिए वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए ।

उनले चालकले मदिरा सेवन गरी जथाभावी सवारी चलाउदा दुर्घटन भएको देखीको बताए ।

भारतको दिल्लीबाट पोखरा घुम्न आएका थिए । घाइतेहरुको पोखराकै मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ ।

पोखराको लेकसाइडमा भारतीय गाडीले ठक्कर दियो, तीन घाईते
पोखराको लेकसाइडमा भारतीय गाडीले ठक्कर दियो, तीन घाईते
कमेन्टहरु
Loading...