पोखराको हेम्जामा मोटरसाइकल र स्कुटर ठोक्किदा एकको मृत्यु

पोखरा १८ असार /पोखराको हेम्जामा मोटरसाइकल र स्कुटर ठोक्किदा एक जनाको मृत्यु भएको छ । ग१३प २८८५ नम्बरको स्कुटर र ग७प २१३२ नम्बरको मोटर साइकल ठोकिदा स्कुटर चालक अन्नपूर्ण गाउँपालिका १ ढिकुरपोखरीका अन्दाजी २३ बर्षीय प्रेम कुवरको मृत्यु भएको हो ।

पोखरा लेखनाथ महानगरपालिका २५ हेम्जाको शान्तिचोकमा साझँ भएको दुर्घटना स्थल मै ज्यान गएको स्थानीले बताएका छन् । मोटरसाइकल चालक बाग्लुङ भकुण्डेका कविराम थापा प्रहरीको नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु
Loading...