आठौ हेमजा आलु महोत्सवको तयारी पुरा

पोखरा, २१ फागुन/आठौ हेमजा आलु महोत्सव–२०७३ तयारी पुरा भएको छ। सुन्दर ठाँउ हेमजा जाउँ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिका अनेक भन्ने नाराका साथ सञ्चालन हुन लागेको महोत्सव फागुन २३ देखि चैत १ गते सम्म विष्णुपादुका खेल मैदानमा हुदै छ ।महोत्सव सफल बनाउन गठित विभिन्न उपसमितिले तयारी पुरा गरेको मुल आयोजक समितिका संयोजक ज्ञानु थापाले जानकारी दिए । महोत्सवमा प्लाष्टिक झोला र गिलास निषेधीत गरिएको विष्णुपादुका क्लबका अध्यक्ष रमेश कार्कीले जानकारी दिए । महोत्सवमा शान्ति सुरक्षालाई मध्येनजर गरेर ड्रोन क्यामारा जडान गरिएको उनले बताए ।

महोत्सवमा टिकट ८० कायम गरिएको छ भने विद्यार्थीलाई ५० कायम गरिएको छ। महोत्सवमा टिकटमा सिम फ्रिको पनि व्यवस्था मिलाईएको छ। महोत्सवमा होली विशेष कार्यक्रम समेत राखिएको छ। महोत्सवमा रत्यौली गीत प्रतियोगिता, कृषि कविता प्रतियोगिता राखिएको साँस्कृतिक उपसमिति संयोजक परशुराम अधिकारीले जानकारी दिए। समग्र यस क्षेत्रको कृषि, पर्यटन, व्यवसाय, संस्कृति, साहित्य, खेलकुद लगाएतको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीहरुको वृहत प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकारहरु, ताजा तरकारी प्रदर्शन, वाल उद्यान, विविध साँस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, चर्चित हाँस्य कलाकारहरुको वेजोड प्रस्तुती, जापानिज सुन्तला, च्याउँ, कफि चियाको विक्रि एवम् प्रदर्शनी रहेको छ। महोत्सवमा सेती नदी ¥याफ्टिड्ड, जीपलाईन फ्लायर, बन्जी जम्पको टिक उपलब्ध गराईने संयोजक थापाले जानकारी दिए ।महोत्सव सम्पन्न गर्नका लागि करिव ३१ लाख पाँच हजार खर्च लाग्ने र ३३ लाख पाँच हजार आम्दानी हुने अनुमान गरिएको छ ।

कमेन्टहरु
Loading...