सातौ हेमजा आलु महोत्सव सुरु

सागर राज तिमिल्सिना
पोखरा, २३ चैत/आलु गाँउका रुपमा परिचित पोखराको हेमजामा मंगलबार देखि सातौं हेमजा आलु महोत्सवको सुरु भएको छ । महोत्सवको पश्चिमाञ्चल कृषि निर्देशनालका प्रमुख बेनि बहादुर बस्नेतले उद्घाटन गरे । सुन्दर ठाउँ हेमजा जाऊ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने मुल नाराका साथ सञ्चालन भएको महोत्सव चैत्र ३० गते सम्म सञ्चालन हुने छ ।

सातौ हेमजा आलु महोत्सव सुरु
सातौ हेमजा आलु महोत्सव सुरु

महोत्सव उद्घाटन अघि हमेजाको मिलनचोकबाट विभिन्न झाकी सहित महोत्सव स्थल पुगेको थियो । महोत्सवमा आलुको मुल्य ३२ रुपैया कायम गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक रमेश कार्कील जानकारी दिए । महोत्सवमा आलुका परिकार वनाउन समेत सिकाई व्यवस्था मिलाईएको आयोजकले जनाएको छ। विविध कृषि उत्पादनको प्रवद्र्धन तथा कृषि पर्यटनको प्रचार प्रसारका गर्ने उद्देश्यले महोत्वको आयोजना गरिएको उनले जानकारी दिए ।

महोत्सवमा १२ वटा आलुका परिकार स्टल ५० वटा व्यवसायी स्टल ३० वटा कृषी प्रविधि प्रदर्शनी १ वटा प्राथमिक उपचार केन्द्र र १ वटा सुचना केन्द्र ९४ वटा स्टल रहने स्टल रहेका छन् । महोत्सव सम्पन्न गर्नका लागि २३ लाख २६ हजार खर्च लाग्ने अनुमान गरेको छ । महोत्सवको आकर्षणमा आलु तथा ताजा तरकारीहरुको वृहत प्रदर्शन आलुको ठुलो पहाड निर्माण, आलुको विभिन्न परिकारहरु, ताजा तरकारी प्रदर्शन, वाल उद्यान, विविध साँस्कृतिक कार्यक्रम, लोक दोहोरी तथा साँगितिक समूहको प्रस्तुति, स्थानीय भेषभुषा झल्कने साँस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, चर्चित हाँस्य कलाकारहरुको प्रस्तुति रहने छ ।

सातौ हेमजा आलु महोत्सव सुरु
सातौ हेमजा आलु महोत्सव सुरु

यस वर्ष हेमजाको आलु उत्पादन घटेको छ। आलुको विउ कुहिनु र लगानी महंगो पर्दा आलुको उत्पादन घटेको हो । गत वर्ष हेमजामा चार सय हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको थियो भने यस वर्ष तीन सय ५० हेक्टर क्षेत्रफलमा आलु उत्पादन गरेको हो । गत वर्षको उत्पादन प्रति हेक्टर १६ दशमलव पाँच रहेको छ भने यस वर्ष भने उत्पादन घटेर १४ दशमल ८५ आयोजकले जानकारी दिए । गत वष छ हजार छ सय मेट्रिक टन आलु उत्पादन भएकोमा यस वर्ष पाँच हजार एक सय ९७ दशमल पाँच रहेको थियो । गत वर्ष  १६ करोड ५० लाख मुल्य वरावरको र यस वर्ष भने १५ करोड ५९ लाख २५ हजार रुपैयाको मात्रै आलु उत्पादन छ ।

कमेन्टहरु
Loading...