Ganthan News Pokhara
All news from Pokhara & around

आहा रारा गोल्डकप तयारी पूरा

आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता फागुन दोस्रो साता
0

पोखरा, ८ फागुन/सहारा क्लब पोखराको आयोजनामा पोखरा बिहीबार देखी शुरु हुने १७ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । फागुन ९ देखी १८ गते सम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागीता जनाउने  क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, धरान फुटबल क्लब, भारतको युनाइटेड सिक्किम फुटबल क्लब, थ्रीस्टार क्लब, आयोजक सहारा क्लब पोखरा, क्यामरुनको डफिन्स फेमिली टिम फुटबल क्लब र हिमालयन शेर्पा क्लबले सहभागिता जनाउने उनले जानकारी दिए ।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपैयाँ नगद पुरस्कार जित्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई स्कूटर, वेष्ट अफ फाइभ विधातर्फ जनही १५ हजार र ट्रफी दिइनेछ । यस्तै सर्वाधिक गोलकर्ता खेलाडीलेर्् २५ हजार साथमा ट्रफी पाउनेछ ।

आयोजकलाई एक जनालाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानवापत ३५ हजार रुपैयाँ प्रदान गर्ने तयारी समेत गरेको छ । उद्घाटन खेल आयोजक सहारा क्लब र एपीएफबीच प्रतियोगिता हुनेछ । सहारा क्लब पोखराले पोखरा १७ दोबिल्लामा सहारा एकेडेमी संचालन गरी १६ जिल्लाका विपन्न तथा कठिन परिस्थितिका २८ जना बालकलाई फुटबल सिकाउँदै आवासीय सुविधा दिएको छ ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु