आहा रारा गोल्ड कप फुटबललाई हिमाअसको साथ

पोखरा, २१ माघ /पोखरा न्यूरोड स्थित हिमा अस एजुकेशन कन्सलटेन्सीले यहि फागुन ९ गते बाट पोखरामा शुरु हुने आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको दोश्रो पुरुस्कारको प्रायोजन गर्ने भएको छ ।

हिमा असका कार्यकारी निर्देशक राजमान थकाली र आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको आयोजक संस्था सहारा क्लबका अध्यक्ष केशब बहादुर थापाले सो सम्वन्धी सम्झौताको आदान प्रदान गरेका छन ।

आहा रारा गोल्डकपको दोश्रो पुरुस्कार राशी वापत ४ लाख १ हजार रुपैंया रहेको छ । उक्त सम्झौता आगामी तिन वर्षका लागि गरिएको हिमा असका कार्यकारी निर्देशक थकलीले जनाएका छन । थकाली सहारा अष्ट्रेलियाका अध्यक्ष समेत हुन ।

सम्झौता पछि कुरा गर्दै सहारा क्लबका अध्यक्ष थापाले हिमा अस आहा रारा गोल्डकपमा जोड्न पाउँदा निकै खुसी लागेको जनाउँदै फाग्न ९ गते बाट शुरु हुने प्रतियोगितालाई सफल बनाउन सबैलाई आग्रह गरेका छन । सहारा क्लबले उक्त प्रतियोगिताको बचत रकम बाट सहारा एकेडेमीमा आश्रित २८ जना बालकहरुलाई भरण पोषण, शिक्षा र फुटबल प्रशिक्षण दिंदै आएको छ ।

सम्झौता आदान प्रदान कार्यक्रममा क्लबका पूर्ब अध्यक्ष विक्रम थकाली, बरिष्ठ उपाध्यक्ष हरिराम गुरुङ (सुरज) र महासचिब विश्वराज बराल लगाएतको उपस्थिती थियो ।

अष्ट्रेलियाका लागि उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीका लागि उत्कृष्ट सेवा प्रदान गर्दै आएको हिमा असको पोखरा, काठमाडौ, विर्तामोड, थाइल्याण्डको चाङमाई, अष्ट्रेलियको सिडनीमा शाखाहरु सञ्चालनमा छन भने र भारतमा समेत दुई शाखा खोल्ने तयारी गरिरहेको कार्यकारी निर्देशक थकालीले जनाएका छन ।

कमेन्टहरु
Loading...