अनिलको ह्याट्रिकमा थ्रीस्टार आहा रारा गोल्डकपको सेमिफाईनल प्रवेश

पोखरा , १३ फागुन/घरेलु मैदानमा अनिल गुरुङले ह्याट्रिक गरेपछि रुस्लान थ्रीस्टार क्लबले भारतको सिक्किम युनाईटेडलाई हराउदै सेमिफाईनलमा प्रबेश गरेको छ । सिक्किम युनाईटेडलाई ५–२ गोलको फराकिलो अन्तरले पराजित गर्दा अनिलले प्रतियोगिताको पहिलो ह्याट्रिक गरे ।

थ्रीस्टारका लागि खेलको २६ औ मिनेटमा अनिलले पहिलो गोल पेनाल्टी मार्फत गर्दै अग्रता लिए । शुशिल राईलाई पेनाल्टी बक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई अनिल गुरुङले सदुपयोग गर्दै पहिलो हाफमै अग्रता दिलाए

थ्रीस्टारले दोस्रो हाफमा दबावमा राख्दै ५० औं मिनेटमा थ्रीस्टारले गोलको उपहार पायो । अनिल गुरुङले हानेको क्रसबललाई सिक्किमका डिफेन्स जिग्मे दोर्जे भुटियाले क्लियर गर्न खोजेको बल गोलकिपरसँग ठोक्किएर फर्किएको थियो । त्यही फर्किएको बल डिफेन्स भुटियाको टाउकोमा लागेर पोष्टभित्र गोल हुन पुग्यो ।

थ्रीस्टारले ७० औं मिनेटमा अजयी मार्टिनले व्यक्तिगत गोल गर्दा थ्रीस्टारले ३–० गोल अन्तरले अगाडी बढ्यो । अनिल गुरुङले व्यक्तिगत दोस्रो गोल भने पेनाल्टी मार्फत नै सम्भब बनाए । ८१ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै व्यक्तिगत दोस्रो गोल आफनो नाममा लेखाए । उनको ह्याट्रिक गर्ने सपना भने ८५ औं पुरा भयो ।

मार्टिनले डिबक्स भित्र छोटो माईनस गरेको बललाई सेकेण्डबार नजिकैबाट बल पोष्टभित्र छिरेपछि अनिलले ह्याट्रिक पुरा गरे । अनिल खेलको म्यान अफ दि म्याच बन्दै नगद ५ हजार रुपैयाँ पुरस्कार समेत जिते ।

८९ औं मिनेटमा सिक्किमले सोनाम छिरिङ भुटिया गोल गर्दै थ्रीस्टारसँगको अन्तरलाई केही कम गरे । अतिरिक्त समयमा सिक्किमले पेनाल्टी पाए पछि छिरिङ लोप्चाले गोल गर्दै ५–२ गोल अन्तरमा खेल टुङगायो ।

आहा रारा गोल्डकपको अन्तिम क्र्वाटरफाईनल खेल भने क्यामरुनको डफिन्स फुटबल क्लब र नेपाल पुलिस क्लब बीच हुने छ । दुवै टोली बुटवलमा आयोजित तिलोत्तमा गोल्डकपको फाईनल खेलेर मंगलबार विहान पोखरा आईपुग्ने छन् ।

कमेन्टहरु
Loading...