चार पटकको बिजेता थ्रीस्टार आहा रारा गोल्डकपको फाईनलमा

पोखरा, १५ फागुन /पोखरामा जारी १७ औं सस्करणको आहा रारा गोल्डकपमा थ्रीस्टार फाइनलमा प्रबेश गरेको छ । चार पटकको विजता थ्रीस्टारले एपीएफलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित ग¥यो ।

थ्रीस्टार सगँको हार पछि पोखरामा १५ दिन अगाडी भएको मनकामना केवलकार पोखरा कपको उपविजेता शसस्त्र प्रहरी बल सेमिफाईनलबाट यात्रा टुंगिएको छ । निर्धारित समय गोलरहित टुंगिएको थियो । बुधबार विहानैदेखि परेको पानीले रुझेको मैदानमा प्रतिस्पर्धाको पहिलो सेमिफाइनललाई दुवै टोलीको सहमतिमा गोलरहित बराबरी पछि सिधै पेनाल्टी सुटआउट गरिएको थियो ।

पेनाल्टी थ्रीस्टारका रन्जित धिमाल, सुनिल बल, रुपेश केसी, अनन्त तामाङ गोल गरे । थ्रीस्टारका बुद्धराज लिम्बुको प्रहारलाई बैकल्पिक गोलकिपरको रुपमा मैदान छिरेका रोमन रसाईलीले बचाए । एपीएफका लागि आशिष लामा, सन्तोष कुटवालले गोल गरे ।

खेलामा थ्रीस्टारका अनन्त तामाङ म्यान अफ दि म्याच घोषित हुदैं नगद ५ हजार रुपैयाँ पुरस्कार थापे । सहारा क्लबको आयोजना तथा हिमश्री फुड्सको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगिताको बिहीबार त्रिभुवन आर्मीले र डफिन्स फुटबल क्लब क्यामरुन बिच खेल हुने छ ।

कमेन्टहरु
Loading...