आगो निभाएर फर्किदा ढुङगाले लागेर गम्भीर घाइते

पोखरा,२० वैशाख /पञ्चासेको वनमा लागेको आगो निभाएर फर्किदै गर्दा एक जना घाइते भएका छन् । पर्वतको आर्थर डाडाँ खर्रक घर भएका रविन गुरुङ घाइते भएका हुन् ।

आगो निभाएर फर्किदा ढुङगाले लागेर गम्भीर घाइते
आगो निभाएर फर्किदा ढुङगाले लागेर गम्भीर घाइते

डाडाँबाट आएका ढुङगाले टाउकोमा लागेर उनी घाइते भएका हुन् । पञ्चासेको वनमा लागेको आगो निभाएर घर फर्किदै गर्दा माथीबाट आएको ढुङगाले लागेर ढलेको उनका आफन्तले बताए ।

बेहोस भएका उनको पोखराको मणिपाल अस्पताल ल्याएर घाउकोको अप्रेसन गरेको बताए । सामान्य परिवारका गुरुङ सगँ उपचारका लागि पैसा नभए पछि गाउँहरुले उठाएर सोमबार मात्रै उनको अप्रेसन भएको छ । उनी वैशाख १७ गते घाइते भएका थिए ।

कमेन्टहरु
Loading...