पोखराको लेखनाथमा आगलागि, तीन जना घाईते

पोखरा, १८ पुस /पोखरा महानगरपालिका ३१ बेगनासमा आगलागि हुदाँ तीन जना घाइते भएका छन् ।

रामेछाप ढोरमा ५ घर भई हाल बेगनास स्थित महेश सुबेदीको घरमा डेरा गरी बस्ने ४७ बर्षिय सिता परियारले कोठामा बाली राखेको टुकी बत्ती अचानक लड्न गई आगो सल्किदा कोठामा रहेका तीन जना घाइते भएका हुन् ।

घाईते हुनेमा ४७ बर्षियकी सिता परियार उनकी नाती ७ बर्षको निरज परियार र छोरा १० बर्षको सकुल परियार रहेका छन् । घाईते भएकाको पश्चिम क्षेत्रीय अस्पताल उपचार भएको छ । आगोलागीबाट लत्ताकपडा, धान १ मुरी गरी करिब २५ हजार बराबरको क्षती भएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...