पोखरामा सिम्रिक हेलिकप्टरको स्टेसन राख्ने, चहिएको बेलामा हेलिकप्टर

सागर राज तिमिल्सिना
पोखरा, ८ चैत /सिम्रिक एयरलाइन्सले पोखरामा सिम्रिकको हेलिकप्टरको स्टेसन राख्ने भएको छ । पोखराको पर्यटन र अन्य सेवालाई ध्यनमा राखेर केहि दिन पछि पोखरामा हेलिकप्टर स्टेसन राख्न लागेको सिम्रिक एयरलाइन्सका व्यस्थापन प्रमुख दिलबहादुर ओलीले जानकारी दिए ।

पोखरामा सिम्रिक हेलिकप्टरको स्टेसन राख्ने, चहिएको बेलामा हेलिकप्टर
पोखरामा सिम्रिक हेलिकप्टरको स्टेसन राख्ने, चहिएको बेलामा हेलिकप्टर

उनले पोखरामा एउटा हेलिकप्टर राख्ने र त्यसैले सेवा दिने बताए । ‘कम्पनीमा अहिले दुई वटा हेलिकप्टर छन्,’ ओलीले भने, ‘दुई हप्तामा थप एउटा हेलिकप्टर आउदै छ, त्यस पछि पोखरामा सेवा सुरु गर्ने छौ ।’ उनले केहि महिना थप हेलिकप्टर आए पछि नेपालमा चारवटा हेलिकप्टरबाट सेवा दिने बताए । नयाँ आउने दुई वटा हेलिकप्टर अमेरिकन हेलिकप्टर भएको बताए । पोखरामा स्टेसन राखे पछि सस्तो प्याके ल्याउने बताए ।

उनले पोखरा माउन्टेन फल्लाइट, पोखरा साइडसिनका प्याकेज ल्याउने बताए । उनले त्यसै गरि पोखराबाट मनाङको तिलिचो ताल, मुस्ताङको मुक्तिनाथ मन्दिर, रारा ताल, फोक्सिन्डो ताल, दामोदर कुण्ड लगाएतका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई लक्ष्ति गरे प्याकेजको व्यवस्था गरेको उनले बताए ।

पोखरामा स्टेसन राखेर संचालन गर्न कतिको सम्भावना छ भने बारेमा अध्ययन गरि रहेको कम्पनिका फाइनान्स प्रमुख बचन जोशीले जानकारी दिए । अध्ययनका क्रममा राम्रो सम्भावना देखेको उनले जानकारी दिए । उनले पोखराबाट काठमाडौ विरामी लैजानु पर्दा पनि पहिलेको भन्दा छिटो हुने बताए ।

कमेन्टहरु
Loading...