नौ दिन देखी बन्द पश्चिमाञ्चल अस्पताल खुल्यो, २ बुदे सहमति

पोखरा, १९ असोज/ नौ दिन देखि बन्द पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) आजदेखि सञ्चालनमा आएको छ ।

आन्दोलनरत कर्मचारी र प्रशासनबिच २ बुँदे सहमति भएपछि कर्मचारी काममा फर्किएका हुन् । सहमति अनुसार अस्थायी कर्मचारी

स्थायी गर्न प्रक्रिया सुरु गर्ने, २०६४ का कर्मचारीको स्तर बुद्धि गर्ने सहमती भएको हो । पहिलो बुँदामा प्रतिष्ठानतर्फ दोस्रो सभा अगाडि

कार्यरत सम्पूर्ण करार तथा ज्यालादारी कर्मचारी स्थायी गर्न आगामी सभा बैठकमा एजेन्डा प्रस्तुत गरि स्वीकृती गरार्इ वा अनुमति लिइ

एक हप्ता भित्रमा एक पटकको लागि सिमित आन्तरिक विशेष प्रतियोगिता मार्फत प्रकृया थालनी गर्ने सहमति गरिएको छ ।

यस्तै दोस्रो बुँदामा ०६४ सालमा स्थायी कर्मचारीको स्तरबृद्धि सम्बन्धमा ०७५ साउन १ गते देखि लागु हुने गरि समायोजन तथा एक

पटकको लागि असोज मसान्त भित्रमा एक तह स्तर बृद्धि गर्ने सहमति भएको छ । अस्थायी कर्मचारीलाई स्थायी गर्नुपर्ने साथै स्थायी

कर्मचारीको स्तर बृद्धिको माग राखेर अस्पतालमा कार्यरत २९० जना कर्मचारी आन्दोलनमा थिए ।

कमेन्टहरु
Loading...