गण्डकी प्रदेश राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको दुबै टिम सेमिफाईनलमा

आईटिएफ तेक्वान्दोबाट गण्डकी प्रदेशलाइ ३ रजत पदक

नेपालगञ्ज, ८ बैशाख/गण्डकी प्रदेश आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको महिला तथा पुरुषको टिम सेमिफाइनलमा प्रबेस गरेको छ । गण्डकी प्रदेशले आफ्नो लिग चरणका तीन/तीन खेलमा लगातार जित हासिल गरी अन्तिम चारमा स्थान बनाएको हो ।

नेपालगन्जको जिल्ला प्रशासन कार्यालय परिसरमा भएको महिला तर्फको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेश माथि एकतर्फी शुन्यका बिरुद्ध २४ गोल बर्षाएको थियो । लिगको तेश्रो खेलमा दिप्ती गुरुङले डवल ह्याट्रिक पुरा गरिन् । गण्डकी प्रदेशले लिगको अन्तिम खेल त्रिभुवन आर्मीसंग आइतबार खेल्ने भएको प्रशिक्षक बिष्णु गुरुङले बताए ।

आइतबारको खेलमा जितेमा समुह विजेता हुदै र पराजित भएमा समुह उपविजेता हुदै गण्डकी प्रदेश अन्तिम चारमा यात्रा बनाउने भएको हो । त्यसै गरी नेपालगन्जको रंगशाला परिसरमा शनिबार भएको पुरुष तर्फको खेलमा त्रिभुवन आर्मीलाई गण्डकी प्रदेशले २१ को बिरुद्ध २४ गोल गरी अन्तिम चारमा स्थान पक्का गरेको हो ।

गण्डकीको जितमा सन्तोस श्रेष्ठले सर्वाधिक ११ गोलको योगदान दिए । गण्डकीका गोलरक्षक बिशाल नेपालीले पटक पटक आर्मीको प्रहारलाई उत्कृष्ट बचाउ गरेका थिए । लिगको अन्तिम खेल गण्डकी प्रदेशले आइतबार प्रदेश नम्बर ५ संग प्रतिष्प्रर्धा गर्ने भएको प्रशिक्षक भिमशेन शाक्यले बताए । उक्त टिमलाई जितेमा समुह विजेता हुदै सेमिफाईनलमा प्रबेश गर्छ भने पराजित भएमा समुह उपविजेता हुदै सेमिफाईनलमा प्रबेस गर्छ ।

शनिबार भएको लिग चरणको पहिलो खेलमा प्रदेश नम्बर ५ ले हेमन्त थापाको ६ गोलको मद्धतले कर्णाली प्रदेशलाई २२–१८ को गोल अन्तरले पराजित गरेको हो । कर्णालीका केशव विष्टले ७ गोल गरे । उनले यस अघिका खेलमा पनि न्यूनतम ५ गोल भन्दा माथि गर्दै आएकाछन्।

यसैबीच, पुरुष तर्फ भएको तेस्रो खेलमा विभागीय सशस्त्र प्रहरी बलको एपीएफले प्रदेश नं १ लाई २६–१० गोलले हरायो । एपीएफका लोकेन्द्र चन्द र रणसिंह साउदले सर्वाधिक ६ गोलको बराबरी योगदान गरे ।

चौथो खेलमा प्रदेश नं ३ ले प्रदेश नं २ लाई ३६–१४ को फराकिलो गोल अन्तरले हरायो । उक्त खेलमा प्रदेश नं ३ का आशिष अधिकारीले सर्वाधिक १३ गोल गरे । शुक्रबार स्थगित प्रदेश नं ५ र प्रदेश नं ७ बीचको खेल १४–१४ मा टुंगियो ।

यता, महिलातर्फको ह्याण्डबलमा शनिबार भएको पहिलो खेलमा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले प्रदेश नं ५ लाई ४४–७ को फराकिलो गोल अन्तरले हरायो । आर्मीकी शान्तिकला राईले सर्वाधिक ९ गोल गरिन् ।

शनिबार नै भएको महिलातर्फको दोस्रो खेलमा प्रदेश नं ३ ले प्रदेश कर्णाली प्रदेशलाई ८–५ गोलले हरायो । उक्त खेलमा प्रदेश नं ३ की निरुता बुढाथोकी मगरले सर्वाधिक २ गोल गरिन् ।

त्यस्तै, तेस्रो खेलमा प्रदेश नं १ ले प्रदेश नं २ लाई २२–५ गोलले हरायो । उक्त खेलमा प्रदेश नं १ की निशा राईले सर्वाधिक १३ गोल गरिन् । चौथो खेलमा विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रदेश नं ७ लाई ३५–१ को फराकिलो गोल अन्तरले हरायो । उक्त खेलमा एपीएफकी उमा राइले सर्वाधिक १० गोल गरिन् ।

त्यसै गरी गण्डकी प्रदेशका खेलाडीहरुले विभन्नि ठाउँमा भएको खेलमा उत्साहजनक रुपमा सहभागिता जनाएको पशिचमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए । खुल्ला तर्फ हुने आर्चरी, वडिविल्डिङ र ट्रायथलन तर्फको मेडलको कुनै टिमका गणना नहुने उनले जनाए ।

त्यसै गरी नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको आइटिएफ तेक्वान्दोबाट गण्डकी प्रदेशले ३ वटा रजत पदक हात पारेको सहायक प्रशिक्षक प्रतिक घर्तीमगरले बताए । उनका अनुसार सुस्मीता थापा, वसन्ती थापा र समुह महिला तर्फ दोश्रो हुदै रजत पदक हात पारेका हुन्। महिला टिममा मसिना तामाङ, स्नेहा तामाङ, सुस्मिता थापा, सृजना थापा र अनुष्का बुढा रहेका थिए ।

नेपालगन्जको रंगशाला परिसरमा सुटिङ र उसुको खेल जारी रहेको छ । शनिबार सुटिङ तर्फ महिला तथा पुरुष को एयर राइफल र एयर पेष्तोलको पहिलो चरणको खेल भएको ओलम्पियन भगवती केसीले बताइ् । उनका अनुसार महिला पुरुषका ८ जना खेलाडीहरु प्रतियोगितामा सहभागि भएकाछन्। त्यसै गरी गण्डकी प्रदेशबाट उसु तर्फ थाउलो र सानसौ गरी महिला तथा पुरुषका २२ जना खेलाडीहरु सहभागि भएको प्रशिक्षक दिल बहादुर किसानले बताए । शनिबार क्वाटरफाईनलका खेलहरु भएकाछन्।

ह्याण्डबल खेलमा गण्डकी प्रदेशको दोहोरो जित
ह्याण्डबल खेलमा गण्डकी प्रदेशको दोहोरो जित

त्यसै गरी नेपाल प्रहरीको तालिम केन्द्रमा भएको आर्चरी प्रतियोगितामा कास्कीका खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गरेकाछन्। उक्त प्रतियोगितामा कास्कीले कम्तिमा ४ वटा स्वर्ण पदक ल्याउने प्रमुख निर्णायक योगेन्द्र शेरचनले बताए । पुरुष एकल तर्फ आर्मीका तवीन गुरुङ र काठमाण्डौंको वेस आर्चरीका प्रन्जल राई फाईनलमा प्रबेस गरेकाछन्।

सोहि इभेन्टको महिला तर्फ अन्नपूर्ण आर्चरी क्लव कास्कीकी अर्चना थापा र अन्नपूर्णकै अनुसा गुरुङ फाईनलमा प्रबेश गरेकाछन्। स्ट्याण्डर पुरुष समुह तर्फ आर्मी र वेस आर्चरी फाईनलमा प्रबेश गरेका छन्। ३० मिटरको दुरीमा महिला समुह तर्फ अन्नपूर्ण आर्चरी क्लव र कन्चनपुर आर्चरी क्लव फाइनलमा प्रबेस गरे ।

मिक्स टिम तर्फ अन्नपूर्णका राजकुमार छन्त्याल र अर्चना थापाको जोडी फाईनलमा पुग्दा आर्मीका तविन गुरुङ गुरुङ र मन्वु बजगाइ फाइनलमा पुगेका हुन्। ७० मिटर रिकभ खुल्ला एकल तर्फ कास्कीका आशिम शेरचन र मुकेस तामाङ फाइनलमा प्रबेस गरे भने महिला तर्फ आर्मीकी ज्ञानु अवाले र आर्मीकै मित्र राइ फाईनलमा यात्रा बनाएका हुन्।

पुरुष एकल ५० मिटर तर्फ जाग्रित गुरुङ र राजेश राना फाइनलमा प्रबेश गरे । टिम रिकभ पुरुष तर्फ कास्की र नेपाल पुलिस फाईनलमा प्रबेश गरे । रिकभ मिक्स टिममा आर्मीका रोसन नगरकोटी र ज्ञानु अवालेको जोडी तथा आर्मीका डम्बर थापा र आयिषा तामाङ फाइनलमा प्रबेस गरे ।

त्यस्तै पुरुष तर्फ भएको फुटवल खेलमा एपिएफसंग गण्डकी प्रदेश २–१ ले पराजित भएको प्रशिक्षक शम्भु केसीले बताए । गण्डकी प्रदेशले लिग चरणका दुई खेलमा पराजित एकमा बराबरी खेलेको छ । आइतबार गण्डकी प्रदेशले प्रदेश नम्बर १ संग औपचारिकताको लागि खेल्ने भएको छ ।

कमेन्टहरु
Loading...