आठौ राष्ट्रपति रनिङ्ग शिल्ड सुरु, तिन हजार मिटरमा स्माइल र नेपालीलाई स्वर्ण

पोखरा, १६ बैशाख/ कास्की जिल्लास्तरीय आठौ राष्ट्रपति रनिङ्ग शिल्ड विद्यालय खेलकुद प्रतियोगिता बुधबारदेखि पोखरामा सुरु भएको छ । उद्घाटनका अवसरमा पोखरा रगंशालामा आयोजित ३ हजार मिटर दौड छात्र तर्फ गोगन उच्च मा.विका स्माइल भण्डारीले स्वर्ण पदक जिते ।उनले १० मिनेट ४१ सेकेण्डमा दुरी पार गदै स्वर्ण पदक जितेका हुन् ।

गौरीशंकर उच्च मावि की मिना नेपाली
गौरीशंकर उच्च मावि की मिना नेपाली

११ मिनेट ६४ सेकेण्डमा दुरी पार गरेका बेथानी बोर्डिङ स्कुलका विनोद गुरुङले रजतपदक हातपारे । भने शिवक्ति माविका अरुण थापाले कास्य पदक प्राप्त गरे । त्यस्तै ३ हजार मिटर छात्रा तर्फ गौरीशंकर उच्च मावि की मिना नेपालीले १४ मिनेट ३३ सेकेण्डमा दुरी पुरा गदै स्वर्ण पदक जिते । कास्की मोडनाइज्ड बोर्डिङकी कृती गिरीले १५ मिनेट २४ सेकेण्डमा दुरी पार गदै रजत पदक जित्दा लक्ष्मी मा.वि की सन्जु तिमिल्सिनाले १५ मिनेट ३२ केकेण्डमा दुरी पुरा गदै कास्य पदक प्राप्त गरिन ।

यसअघि प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री झलनाथ खनालले फोनबाट गरे । प्रतियोगिताको उद्घाटनका लागी प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएका पूर्वप्रधानमन्त्री एवं एमाले नेता खनालले काठमाडौबाटै टेलिफोन मार्फत प्रतियोगिताको उद्घाटन गरेका हुन् । विहान नौ बजेको विमानबाट पोखरा आउने कार्यक्रम रहेपनि बुधबार विहानबाटै पोखराको आकाश तुवालोले ढाकिएपछि खनाल उपस्थित हुन नसकेपछि टेलिफोनबाटै सम्वोधन गरे । फोनबाट उद्घाटन गदै प्रतियोगिताको उद्घाटन गर्न आउने उत्कृष्ट अभिलाषा हुदाहुदै प्रकृतिको कारण आउन नसकेको बताए ।

पूवप्रधानमन्त्री खनालले खेलकुद राष्ट्रियको लागी महत्वपूर्ण रहेको बताउदै खेलकुदले राष्ट्रियतामा भुमिका खेल्ने बताए ।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले नेपाली खेलकुद क्षेत्रले ५२ वर्ष पारगरेपनि सोच अनुरुप लक्ष्य हासिल गर्न नसकेको बताए । उनले पूर्वाधार, प्रतियोगिता र प्रशिक्षण विना पदक जित्न नसकिने भन्दै पूर्वाधार, प्रतियोगिता र प्रशिक्षणमा ध्यान दिनुपर्ने आवश्यकता औल्याए । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा समितिका उपाध्यक्ष खगेन्द्र गौचनले स्वागत र संचालन कार्यालय प्रमुख प्रकाश बरालले गरेका थिए ।

प्रतियोगिता उद्घाटन अघि आयोजित मार्चपासमा सैनिक आवासिय मा. वि प्रथम, फिष्टेल एकेडेमी द्धितिय र हिलप्वाइट बोर्डिङ स्कुलले तृतिय स्थान प्राप्त गर्न सफल भए । विजेता खेलाडि र विद्यालयलाई कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा, निवर्तमान पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दिपक कोइराला, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, उपाध्यक्ष खगेन्द्र गौचन, अन्जु क्षेत्री लगायतले पुरस्कार ट्रफी, मेडल र प्रमाणत्र प्रदान गरेका थिए ।

बैशाख १७ गतेसम्म संचालन हुने प्रतियोगिताको छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा कवडडी, एथ्लेटिक्स तर्फ एक सय, दुई सय, चार सय, १५ सय, ५ हजार मिटर दौडल, चार गुणा चार सय र ४ गुणा एक सय मिटर रिले दौड संचालन हुने छन । त्यस्तै हाइजम्प, लङ्गजम्प, त्रिपल जम्प, ज्याभलिङ्ग थ्रो ८ सय ग्राम(छात्र), ६ सय ग्राम(छात्रा) र सटपुट १२ पाउण्ड छात्रा र ८ पाउण्ड छात्रामा ६८ विद्यालयका खेलाडीले प्रतिस्पर्धा गरेको कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।

भलिबल र कबड्डी तर्फ प्रथम, द्धितिय हुनेले पदक सहित प्रमाणपत्र र ४२ र २८ अंक प्रदान गरिने तथा सेमी फाइनलमा सहभागी भएका बाँकी दुई टिमलाई १४÷१४ अंक प्रमाणपत्र दिइने छ । एथलेटिक्सका प्रत्येक इभेन्टमा प्रमथ, द्धितिय र तृतिय हुनेलाई प्रमाणपत्र सहित ७,५, ४ र चौथो, पाँचौ र छैठौ हुनेलाई ३ र २ अंक दिइने छ । भलिबल र एथेलेटिक्समा छात्र छात्राको अंकका आधारमा विद्यालयको स्थान छुटटाई विजयी घोषणा गरिने छ । प्रतियोगितामा उत्कृष्ट हुन सफल छात्र एक जना र छात्रा एक खेलाडीलाई एक वर्षका लागी छात्रबृत्ति प्रदान गरिने छ ।

प्रथम द्धितिय र तृतिय हुने विद्यालयलाई १५ हजार, १२ हजा, ९ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।प्रतियोगितामा उत्कृष्ट हुन सफल एक छात्र र छात्रालाई जनही दश दश हजार रुपैयाँका दरले छात्रबृत्ति प्रदान गरिने कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपकबहादुर गोदारले जानकारी दिनुभयो । प्रतियोगितामा सामुदायिक विद्यालयलाई सवै इभेन्टमा सहभागी भए प्रोत्साहन रकम दश हजार उपलब्ध गराइने छ ।

कमेन्टहरु
Loading...