स्तन क्यान्सर बारे सचेतना जगाउन पोखरामा जुम्बा र पैदल यात्रा

पोखरा, १७ कार्तिक / स्तन क्यान्सर बारे जनचेतना जगाउने उद्देश्यले पोखरामा शनिबार पैदल यात्रा भएको छ । नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेशनको आयोजनामा लेकसाइडको बाराही चोकबाट २ किमी पैदल यात्रा पश्चात क्यान्सर बारे जनाकारी दिएको हो ।

कार्यक्रममा विभिन्न पेसा व्यवसायमा संलग्नको सहभागीता रहेको थियो । स्तन क्यान्सरबाट बचौं र बचाउ भन्ने नाराका साथ आयोजना भएको कार्यक्रमले क्यान्स बारे जानकारी दिएन सफल भएको नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेशन अध्यक्ष डा. सुजिता हिराचनले जानकारी दिइन् ।

स्तन क्यान्सर बारे सचेतना जगाउन पोखरामा जुम्बा र पैदल यात्रा
स्तन क्यान्सर बारे सचेतना जगाउन पोखरामा जुम्बा र पैदल यात्रा

सर्वसाधरणले स्तन क्यान्सरबारे धेरैभन्दा धेरै कुरा गरुन् र सचेत बनुन् भन्ने लक्ष्य कार्यक्रमले लिएको छ । महिलाहरुमा हुने क्यान्सर मध्ये पाठेघरको मुखमा देखिने र स्तन क्यान्सर ठूलो रोगका रुपमा रहेको बताइन् । नेपालमा क्यान्सरको उपचार सम्भव रहेको चिकित्सकहरु बताइन् ।

विशेषगरी ४५ वर्ष भन्दा माथिका महिलाले वर्षको एकपटक मेमोग्राफी गर्न आवश्यक हुने भन्दै शुरुमा रोग पहिचान गर्न सके उनले बताइन् । पोखरामा दोस्रो पटक आयोजना भएको कार्यक्रममा जुम्बा डान्स सहित क्यान्सर बारे जानकारी दिए । कार्यक्रममा चिकित्सकहरुले स्तन क्यान्सरका बारेमा परामर्श र सुझाव दिएका थिए ।

Posted by Ganthan.com on Friday, November 2, 2018

Posted by Ganthan.com on Friday, November 2, 2018

कमेन्टहरु
Loading...