पोखरामा इक्यान शैक्षिक मेला सुरु, सिप र क्षेमता हुनेलाई अवसर नै अवसर – जिसी (भिडियो सहित)

पोखरा, २७ साउन/नेपाल शैक्षिक परामर्श संघ कास्की (इक्यान)को आयोजनामा शुक्रबार देखि पोखरामा बृहत इक्यान शैक्षिक मेला सुरु भएको छ । पोखराको सभागृहमा संचालन हुने ५ औ इक्यान मेला आइतबार सम्म सञ्चालन हुनेछ । मेलाको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले उद्घाटन गरे ।

उनले सिप र क्षेमता हुने प्रतिभावान युवालाई कसैले रोकेर नरोकिने बताए । उनले युवाहरु उच्च शिक्षाका लागि विदेश जाने र पुन नेपालमा आएर शिक्षाको उपयोग गर्दै देश विकासमा लगाउनु पर्ने बताए । ‘उच्च शिक्षाका लागि विदेश जानु पर्दछ,’ जिसीले भने ‘तर उच्च शिक्षा हासिल गरे पछि पनि विदेशमान नै बस्नु हुदैन, देशको विकास गर्न फर्किनु पर्दछ ।’

कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का कार्यवाहाक अध्यक्ष निरज सिटौलाले पोखराले उदारणीय काम गरेको बताउदै कास्की कै सिको केन्द्रले गरको बताए । उनले पहिले पहिले मेलाको जिम्मा अरुलाई दिने गरेको बताउदै यस वर्षबाट केन्द्रले पनि आफै व्यवस्थापन गर्न थालेको बताए । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का पुर्व अध्यक्ष राजेन्द्र बरालले नेपालमा आइटी शिक्षाका लागि हब बनाएर अन्य देशका विद्यार्थीहरु पढ्न आउने देशका रुपमा विकास गर्नु पर्ने बताए ।

कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघका द्धितिय उपाध्यक्ष विष्णुहरी पाण्डे, महासचिब सन्तोष प्याकुरेल, नेपाल शैक्षिक परामर्श संघ कास्की (इक्यान) कोषाध्यक्ष रुद्रप्रसाद अर्याल लगाएतले इक्यानमा अवाद्ध भएका संघसस्थाहरुले नै सहि परार्मश दिने बताए । उनीहरुले सरकारमा दर्ता भएर आधिकारी भएका संस्थाहरुले नै आधिकारी परार्मश दिने उनिहरुको भनाई छ ।

नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली ’दयगतमा जानकारी, प्राप्त योग्यताको भावि सम्भावना र अवसरहरुको परामर्श दिन मेलाको आयोजना गरेको नेपाल शैक्षिक पारमर्श संघ कास्की (इक्यान) का अध्यक्ष मीलन तिवारीले बताए ।

पोखरामा इक्यान शैक्षिक मेला सुरु, सिप र क्षेमता हुनेलाई अवसर नै अवसर — जिसी
पोखरामा इक्यान शैक्षिक मेला सुरु, सिप र क्षेमता हुनेलाई अवसर नै अवसर — जिसी

‘विदेशमा पढाई हुने कोर्ष, विभिन्न देशको भिसा नीतिका बारेमा हामी मेलामा जानकारी गराउँछौ,’ तिवारीले भने ‘विद्यार्थी र अभिभावकलाई एकै ठाउँमा राखेर वेदेशिक अध्यनका लागि सुसूचीत गराउनु नै मेलाको उद्धेश्य हो ।’

मेलामा स्वदेशदेखि विदेशका शैक्षिक परामर्शदाता र कलेजहरुका प्रतिनिधि सहभागी भएको मेला संयोजक एवं इक्यान कास्कीका उपाध्यक्ष रमेशकुमार थापाले जानकारी दिए । मेलामा शिक्षा मन्त्रालयबाट स्वीकृतप्राप्त परामर्शदाताहरु ६५ स्टल रहेका छन् ।

मिराकल इन्स्टिच्युट प्रालिको प्रस्तुतिमा हुने मेलाको शीर्ष प्रायोजक बिकन प्रिमियर इन्टरनेसनल इजुकेसन प्रालि छ । एसोसियट पार्टनरको रुपमा फरेन लिंक छ भने पावर्डबाईमा एक्स्पर्ट एजुकेसन एन्डा भिसा सर्भिसेस छ । मुख्य प्रायोजन किङफिसर इजुकेसनले गरेको मेलाको सपोर्टटेडबाईमा ट्रिनिटी इजुकेसन फाउन्डेसन छ । मेलामा क्विन्स फोर्ड कलेज, नर्स ट्रेनिङ अस्ट्रेलिया, सिड्नी मेट्रो कलेज र प्यासिफिक कलेज अफ टेक्नोलोजीको विशेष सहभागिता रहेको थापाले बताए ।

आइइएलटिएस परीक्षा लिने आइडिपी अस्ट्रेलिया र ब्रिटिस काउन्सिलका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष सल्लाह लिन पाउने मेलाका सञ्चार संयोजक पूर्णचन्द्र न्यौपानेले बताए । ‘अमेरिका, बेलायत, न्युजिल्यान्ड, अस्ट्रेलिया, आयरल्यान्ड, जर्मनी, डेनमार्क, फ्रान्स, रुस, जापान, भारत, चीन लगायत देशका कलेज र विश्वविद्यालयका आधिकारिक प्रतिनिधिको मेलामा सहभागिता रहने छ,’ न्यौपानेले भने, ‘यो प्रदेश नम्बर ४ को सबैभन्दा ठूलो शैक्षिक मेला हो ।’

मेलामा विभिन्न कलेज तथा विश्वविद्यालयको भर्ना प्रक्रिया, सम्बन्धित देशको विद्यार्थी भिसा नीतिका साथै सम्भाव्य अवसर र चुनौती सम्बन्धी प्रभावकारी सूचना एवं परामर्श निःशुल्क प्रदान गरिने इक्यान कास्कीका सचिव भुवन क्षेत्रीलले बताए ।

 

कमेन्टहरु
Loading...