पाँचौ पोखरा कपको फाइनलमा आर्मी र मनाङ भिड्ने

पोखरा, ९ वैशाख /पाँचौ मनकामना पोखरा कपको उपाधीका लागि लक्ष्मी हुण्डाइ मनाङ मस्र्याङदी र विभागिय टीम त्रिभुवन आर्मी बीच प्रतिस्पर्धा हुने भएको छ ।

पाँचौ पोखरा कपको फाइनलमा आर्मी र मनाङ भिड्ने
पाँचौ पोखरा कपको फाइनलमा आर्मी र मनाङ भिड्ने

बिहीबार पोखरा रंगशालामा सम्पन्न त्रिभुवन आर्मी र धरान फुटवल क्लव बीच भएको खेलमा आर्मीले धरानलाई १–० ले पराजित गर्दै आर्मीले मनाङ सगँको भेट पक्का गरेको हो । तीन महिना पहिलो भएको आहा रारा गोल्डकपमा पनि मनाङ मस्र्याङदी र आर्मी नै फाइनल प्रबेश गरेका थिए । मनाङले १–० ले हराउदै उपाधि चुमेको थियो ।

बिहीबारको खेलमा त्रिभुवन आर्मीका नवयुग श्रेष्ठले खेलको ५० औ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलमा सान्तोष तामाङले दिएको बललाई नवयुग श्रेष्ठले डि एरिया बाहिरबाट शसक्त प्रहरा गरेका थिए । बिहीबारको खेलमा आर्मीका पदम तामाङ म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगिताको बिजेतालाई ट्रफी सहित ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपबिजेतालाई ट्रफी सहित २ लाख ५५ हजार ५ सय ५५ रुपैया प्रदान गरिने आयोजक कास्की जिल्ला फुटवल संघले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई एक थान मोटरसार्ईकल प्रदान गरीने छ । त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही १५÷१५ हजारका दरले नगद सहित ट्रफी प्रदान गरिनेछ ।

कमेन्टहरु
Loading...