टान पोखरा २५ औ वर्षमा, फेवा फेरो ट्रेकको विकास गर्ने

पोखरा, १९ भदौ/टान पश्चिमाञ्चल क्षेत्रिय सघं पोखरा २५ औ वर्षमा प्रबेश गरेको छ । प्रबेशको अवसर पारेर पोखरामा एक कार्यक्रम सम्पन्न गरेको छ । पश्चिमाञ्चल क्षेत्रिय प्रशासक लक्ष्मण अर्यालले लोगोको अनावरण गर्दै टानले पदयात्रा क्षेत्रमा महत्वपुर्ण योगदान दिएको बताए ।

उनले शुभकामना दिदै आउदो दिनमा पनि पदयात्रा पर्यटनका विकासका लागि नयाँ नयाँ पदमार्ग निर्माणका बाटो खोल्नु पर्ने बताए । कार्यक्रममा टान केन्द्रीय उपाध्यक्ष तेज गुरुङ, नेपाल पत्रकार महासंघका कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पर्यटन व्यवसायी गणेश भट्टराई, पोखरा उपत्यका विकास समितिका अध्यक्ष सुन्दर कुमार श्रेष्ठ, पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्मा लगायतले शुभकामना दिएका थिए ।

टान पोखराका अध्यक्ष दिपकराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा रजत जयन्तीका संयोजक डम्बर बहादुर केसी, सहसंयोजक टिकाराम सापकोटाले विगत र वर्तमान प्रस्तुती दिएका थिए भने कार्यक्रको संचालन सचिब सुशिलराज पौडेलले गरेका थिए । टानले रजत जयन्तीको अवसरमा नयाँ पदमार्गको अध्यन्न गर्ने भएको छ ।

फेवा फेरो ट्रेक, अन्नपुर्ण, घोरेपानी, मर्दी, माछापुच्छे टे«कहरुको सञ्जालमा जाड्ने, पोखरामा खेल पर्यटनको विकास गर्ने, पदमार्गको प्रचार प्रसार गर्ने नेपाल र विदेशमा कार्यक्रमहरुको आयोजना गर्ने, माछापुच्छे मोडल टे«कको विकास गर्ने, पर्वतमा इको टे«क विकास गर्ने योजना रहेका छन् ।

कमेन्टहरु
Loading...