अंग्रेजी नयाँ वर्षमा पोखरामा सडक महोत्सव

पोखरा, १५ मंसिर/ पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको स्वागतार्थ आयोजना हुँदै आएको सडक महोत्सव यस वर्ष पनि पोखरा दोस्रोसाता हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा पुष १३ गतेदेखि १७ गतेसम्म २० औं संस्करणको सडक महोत्सव हुने आायोजकले जानकारी दिएको छ ।

‘अंग्रेजी नयाँ बर्षमा पोखरा गन्तव्य स्थल बनाउनका लागि महोत्सव आयोजना गर्न गरिएको हो,’ महोत्सव मुल आयोजक समितिका संयोजक तथा रेवान पोखराका अध्यक्ष भिमसेन भुजेले भने ‘आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्न, लोपोन्मुख भेषभुषा, कला, संस्कृति, ग्रामिण क्षेत्रमा उत्पादित घरेलु सामाग्री मुख्य आक्रषर्ण हुने छन् ।’

महोत्सवले समग्र गण्डकी प्रदेशकौ आर्थिक कृयाकलापलाई टेवा पु¥याउनले उनले बताए । महोत्सव पोखराको फिस्टेल गेट देखि खहरे डिहिकोपाटनसम्म करीब साढे तीन किलोमिटर क्षेत्रमा हुने रेवानले जनाएको छ । महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुदका कार्यक्रमहरु, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, वाल उद्यानलगायत थप आकर्षण रहनेछ ।

त्यस्तै सडक महोत्सवमा ख्याती प्राप्त कलाकारहरुको लाइभ कन्सर्ट, लोकदोहोरी प्रस्तुती, हास्य प्रहसन लगायतका कार्यक्रमका साथै जापान, चीन, कोरिया र भारतबाट सांस्कृतिक कार्यक्रम समेत ल्याउने उनले बताए ।

सडक महोत्सवले नेपालमा रहेका विदेशी पनि क्रिसमस मनाउ जाने र नयाँ बर्ष मनाउन भारतको गोवा जाने प्रचलनलाई रोकेर सडक महोत्सव शुरु गरेको रेवान पोखराका सल्लाहकार गणेशबहादुर भट्टराईले बताए । ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित महोत्सव हुदै आएको छ । पत्रकार सम्मेलनमा रेवान पोखरा पुर्व अध्यक्ष चौबहादुर गुरुङ, रेवान पोखरा महासचिब गणेश भट्टराई, सल्लाहकार तथा पूर्व अध्यक्ष सूर्यबहादुर भुजेल लगाएतले महोत्सवका बारेमा जानकारी दिएका थिए ।

सफल एक्स्पो पोखरा मंसिर १३ देखी २४ गते सम्म
सफल एक्स्पो पोखरा मंसिर १३ देखी २४ गते सम्म
कमेन्टहरु
Loading...