आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता फागुन दोस्रो साता

पोखरा, १४ पुस /सहारा क्लब पोखराले आयोजना गर्दै आएको अन्तर क्लब स्तरिय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता फागुन दोस्रो साता हुने भएको छ । आहा राराको १७ औं संस्करण फागुन ९ गते देखी १८ गते सम्म संचालन हुने साहारा क्लबले जानकारी दिएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति÷जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा पोखरा रंङ्गशालाको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा अखिल नेपाल फुटबल संघले दिएको तालिका अनुसार नै प्रयोगिता गर्न लागेको सहारा जनाएको छ ।

प्रतियोगितामा विदेशी क्लब, ए डिभिजनका क्लबहरु, पुर्व र पश्चिम क्षेत्र टिमहरु र आयोजक सहारा क्लब सहित १२ टिमको सहभागीता रहने सहारा क्लबका महासचिब विश्वराज बरालले जानकारी दिए ।

प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने उनले जानकारी दिए । एकेडेमीमा १६ जिल्लाका २८ जना बालकहरु आश्रित छन् ।

कमेन्टहरु
Loading...