१७ औं आहा रारा गोल्डकपको पुरस्कार राशी बढ्यो

पोखरा, १२ माघ/सहारा क्लब पोखराका आयोजनामा हुने आहा राराको १७ औं सस्करण फागुन ९ देखी १८ गते सम्म हुने भएको छ । प्रतियोगितमा १० टिमको सहभागीता रहने आयोजक सहारा क्लबले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

एन्फाले दुई दिन कम मिति दिएका कारण १२ टिमबाट १० टिम बिच प्रतियोगिता हुन लागेको सहारा क्लबका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए । उनले प्रतियोगितामा ए डिभिजनका क्लबहरु, विदेशी र आयोजक टिमले प्रतियोगितमा सहभागीता जनाउने जानकारी दिए ।

रारा चाउचाउको उत्पादन हिम श्री फुड्सको मुख्य प्रायोजनको हुने गोल्डकपको विजेताले पाउने पुरस्कार राशीमा समेत बृद्धि गरेको थापाले बताए । विजेताले ८ लाख १ हजार रुपैयाँ र उपविजेताले ४ लाख १ हजार नगद प्राप्त गर्ने उनले बताए । प्रतियोगिताको लागि सहारा क्लब युकेले विभिन्न ट्रफीहरु हन्तान्तरण गरेको छ ।

युकेका महासचिव धनु थकालीले विभिन्न विधालाई प्रदान गरिने ट्रफी सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापालाई हस्तान्तरण गरेका हुन् । सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७५ बाट एकजना राष्ट्रिय खेलाडीलाई नगद ३५ हजार रुपैयाँबाट सम्मानित गरिने छ ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, पोखरा महानगरपालिका, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति, सहारा क्लब हङकङ, सहारा क्लब अष्टे«लिया, मुग्लान रेष्टुरेण्ट,वल्र्ड लिंक लगायतका विभिन्न संघसंस्थाले विशेष सहयोग गरेको क्लबका महासचिव विश्वराज बरालले बताए ।

प्रतियोगिताको लागि क्लबले १ करोड ३० लाख आम्दानी र ९७ लाख ९८ हजार खर्च हुने अनुमान गरेको छ । बचत रकम क्लबले आफनै एकेडेमीमा रहेका २८ जना बाल खेलाडीको लागि भरणपोषण एवं शिक्षादिक्षामा खर्च गर्दै आएको छ ।

कमेन्टहरु
Loading...