पोखरा पर्यटन परिषदद्धारा पोखरा प्रवद्र्धनात्मक सामाग्रीहरु निर्माण

पोखरा, २१ चैत्र /भुकम्प र नाकाबन्दी पछि सुस्ताएको पर्यटन क्षेत्रलाई चलाएमान बनाउन पोखरा पर्यटन परिषद्ले पर्यटन क्षेत्रको प्रचार गर्न विभिन्न प्रवद्र्धनात्मक सामाग्रीहरु निर्माण गरेको छ ।

पर्यटकका लागी पोखरा पर्यटन परिषदद्धारा प्रवद्र्धनात्मक सामाग्रीहरु निर्माण
पर्यटकका लागी पोखरा पर्यटन परिषदद्धारा प्रवद्र्धनात्मक सामाग्रीहरु निर्माण

पोखरा पर्यटन परिषद्को १५ औँ वार्षिक साधारण सभामा विदेशी र आन्तरिक पर्यटकलाई लक्षित गरि निर्माण गरिएका गाइड बुक, बुकलेट ,सुचना बोर्ड र रेडियो जिगंलको क्षेत्रिय प्रशासक शंकर कोइरालाले विमोचन गरे । चिनिया पर्यटकलाई लक्षित गरि पोखरा आसपासका पर्यटकिय क्षेत्रका बारेमा सामाग्री तयार परिएको छ भने अन्य पर्यटकका लागी अंग्रेजी भाषामा पर्यटकीय गन्त्व्यका बारेमा बुकलेट तयार पारिएको हो ।

पर्यटकका लागी पोखरा पर्यटन परिषदद्धारा प्रवद्र्धनात्मक सामाग्रीहरु निर्माण
पर्यटकका लागी पोखरा पर्यटन परिषदद्धारा प्रवद्र्धनात्मक सामाग्रीहरु निर्माण

नेपाल आएका चिनियाँ पर्यटकहरुलाई लक्षित गरि निर्माण गरिएको बुकलेटले उनीहरुलाई पर्यटकीय स्थलको बारेमा जानकारी लिन सहयोग पुग्ने आशा गरेको पर्यटन परिषद्का अध्यक्ष सोम थापाले बताए । पोखरामा पर्यटक आगमनमा २० प्रतिशतका दरले वृद्धि हुदैँ गएपछि पोखरा आएका पर्यटकलाई सामाग्रीले थप मद्दत पुग्ने र प्रचारप्रसार हुने अपेक्षा रहेको परिषद्का महासचिव रामु गौतमले जानकारी दिए ।

कार्यक्रममा क्षेत्रिय प्रशासक शंकर कोइराला, नेपाली काग्रेस कास्की सभापति कृष्ण केसी, एमाओवादीका नेता रामजी बराल, पोखरा उद्योग वाणिज्य संघका विन्दुकुमार थापा लगायतले सामाग्री पर्यटक लागि निकै उपयोगि हुने बताए । पोखरामा मात्रै पर्यटन क्षेत्रमा ८० अर्बको लगानी रहेको छ भने २ सय बढी होटलका १८ सय बेड रहेका छन् ।

कमेन्टहरु
Loading...