१३ औ सफल पोखरा म्याराथनको फागुन ७ मा

पोखरा, १४ मंसिर / पोखरा म्याराथनको १३ औं सस्करण आगामी फागुन ७ गते आयोजना गर्ने भएको छ । पोखरालाई स्पोर्टस टुरिज्म सिटीको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यसहित भुतपुर्व खेलाडी मन्चले पोखरा म्याराथनको आयोजना गर्न लागेको शुक्रबार पत्रकार सम्मेलन गरी जानकरी दिएको छ ।

पोखरा म्याराथनलाई सफल दूधले प्रायोजन गर्दै आएको छ । ४२.१९५ किलोमिटरको दुरीको दौडको विजेता धावकले नगद १ लाख रुपैयाँ पुरस्कार पाउने छ । गतवर्ष विजेता धावकले ६० हजार रुपैयाँ प्राप्त गरेका थिए ।

उपविजेताले नगद ७० हजार रुपैयाँ पाउने छ । जुन गतवर्षभन्दा ३० हजार रुपैयाँभन्दा बढी हो । तेस्रो स्थानका विजेताले ५० हजार रुपैयाँ पर्ने छ । चौथो एवं सान्त्वना हुने धावकले पनि नगद ७ हजार रुपैया पाउने छ । पोखरा म्याराथनलाई पोखरेली मन्च युके, पोखरेली मन्च हङकङ, सहारा क्लब युके, लगायतबाट सहयोग गर्ने भुतपुर्व खेलाडी मन्चले अध्यक्ष तेज गुरुङले बताए ।

म्याराथनसँगै १० किलोमिटर महिला तथा पुरुष दौड समावेश गरिएको छ । त्यसपछि ५ किलोमिटर छात्र÷छात्रा दौडलाई पनि अर्को इभेण्टको रुपमा समावेश गरिएको छ । ह्वीलचियर पुरुष तथा महिला दौड, दृष्टिविहीन महिला तथा पुरुष दौडलाई समेत समावेश गर्दै सबैलाई खेलकुदप्रति आकर्षित गर्ने विगतमा झैं यो वर्ष पनि प्रतिस्पर्धा गराईने मन्चले जनाएको छ । १० किलोमटिर दौड विजेतालाई नगद १५, १० र ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

५ किलोमिटर दौडिने विद्यार्थीले नगद १०, ७ र ४ हजार रुपैयाँ पुरस्कार स्वरुप पाउने छन् । ह्वील चियर र दृष्टिविहीन महिला तथा पुरुष प्रतिस्पर्धीले नगद ५, ३ र २ हजार प्राप्त गर्ने छन् । भुतपुर्व खेलाडी मन्चले प्रतियोगिताको लागि २२ लाख ९९ हजार रुपैयाँ खर्चको अनुमान गरेको छ । साढे दुईमहिनापछि आयोजना हुने प्रतियोगिताको लागि २१ सदस्यीय विभिन्न उपसमिति गठन गरिएको छ ।

पोखरा रंगशालाबाट शुरु हुने म्याराथन पृथ्वचोक, मुस्ताङचोक–विरौटाचोक–राष्ट्रबैंचोक–शहीदचोक–बसुन्धरा पार्क–हल्लनचोक हुदैं जिरोकिलोमिटर–मालेपाटन–सिम्पानीचोक–माछापुच्छ«े बैंक चोक–भीमकालिपाटन चोकबाट फर्किएर पालिखेचोक–महेन्द्रपुल–विपीचोक–सभागृह चोक–पृथ्वी चोकबाट नयाँबजार हुदैं महेन्द्रपुल चोक–रानीपौवा–सितलादेवी गौंडामुख चोक–मियाँपाटनचोक–विपी मार्ग पुग्ने छन् । विपीमार्गबाट केएम चोक–चाउथे(डिआर पेट्रोल पम्प), चाउथेचोक–बेलचौतरा–विरौटाचोक चाउथे हुदैं वडा न १४ का् कार्यालय–शुक्रराज बलभद्र स्कुल, गलेश्वरचोक– ढुङ्गेसाँघुचोक–फुलबारीचोक–टुटुङ्गा–महतगौंडाचोकबाट फर्किएर अन्तर्राष्ट्रिय संग्रहालय –आखाँ हस्पिटल चोक–अन्नपुर्ण हाउजिङ–सिताराम पुल–सेन्ट मेरिज स्कुल चोक– एक्याप अफिस–बन क्याम्पस गेट–कान्तिपुर चोक–वडा नं १५ को कार्यालय–कालिकाचोक, भारतीय पेन्सन क्याम्प गेट, एसओसएस गेट,युके गेट )पोखरा रंगशाला दक्षिण तर्फको गेट)भई पोखरा रंगशाला ट्रयाकमा पुगेर टुंगिने रुट तय गरिएको पत्रकार सम्मेलनमा मन्चका अध्यक्ष तेजबहादुर गुरुङले सुनाए ।

कमेन्टहरु
Loading...