पोखरा १२ औ सागका स्वर्ण पदक विजेतालाई सम्मान गर्ने

पोखरा, २ चैत/सहारा क्लब पोखराले १२ औ सागमा स्वर्ण पदक विजेता खेलाडीलाई पोखरा परिक्रममा गराएर नगद सहित सम्मान गर्ने भएको छ ।
चैत ६ गते स्वर्ण पदक विजेता फुटबलका खेलाडी, उसु र जुडोका खेलाडीलाई सम्मान गर्ने भएको हो । सहारा क्लबले सोमबार पोखरा पत्रकार सम्मेलन गरि प्रति खेलाडी नगद १० हजार सहित सम्मान गर्ने क्लबका अध्यक्ष विरभद्र आर्चायले जानकारी दिए । सहारा क्लब पोखरा, युके, हङकङ, अष्टे«लियाले विजेता खेलाडीलाई नगद १०÷१० हजारको व्यवस्था गरेको छ ।

उनले ६ गते बिहान चिप्लेढुङगाबाट सुरु हुने ¥यालीमा विभिन्न बाँजा गाँजा झाकी, नौमति बाजा सहित पोखरा विभिन्न क्षेत्र घुमाने कार्यक्रम रहेको जानकारी दिए । पत्रकार सम्मेलनमा ओलम्पीक कमिटिका सदस्य तेज गुरुङ, राष्ट्रिय खेलकुद समितिका सदस्य फत्त गुरुङले पोखरा १३ औ साग खेलकुदका केहि खेल पोखरा पनि सञ्चालनका लागि दवाब सिर्जना गर्नु पर्ने बताए ।

कमेन्टहरु
Loading...