बाह्रौं दक्षिण एसियाली खेलकुद(साग)मा भारत शीर्ष स्थानमा, नेपाल छैटौं स्थानमा

भारत, गुवाहाटी, ४ फागुन/बाह्रौ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले कुल ३ स्वर्ण, २३ रजत र ३४ काश्य जित्दै छैटौं स्थान प्राप्त गरेको छ ।

५ फेब्रुअरीदेखी १६ सम्म भारतको गुवाहाटी र सिलोङमा आयोजित प्रतियोगितामा २४० स्वर्ण, २४० रजत र ३१० काश्यसहित कुल ७९० पदकका लागि दक्षिण एसियाका ८ राष्ट्रका २ हजार ६ सय खेलाडीले प्रतिष्पर्धा गरे । प्रतियोगितामा आयोजक भारतले सबैभन्दा धेरै १८८ स्वर्ण, ९० रजत र ३० काश्यसहित कुल ३०८ पदक जित्दै शीर्ष स्थान कब्जा ग¥यो ।

त्यस्तै, श्रीलंकाले २५ स्वर्ण, ६३ रजत र ९८ काश्यसहित कुल १८६ पदक जितेर दोश्रो, पाकिस्तानले १२ स्वर्ण, ३७ रजत र ५७ काश्यसहित कुल १०६ पदक जितेर तेश्रो, अफ्गानिस्तानले ७ स्वर्ण, ९ रजत र १९ काश्यसहित कुल ३५ पदक जितेर चौथो तथा बंगलादेशले ४ स्वर्ण, १५ रजत र ५६ काश्यसहित कुल ७५ पदक जितेर पाचौं स्थानमा रह्यो ।

यसैगरी, मालदिभ्स २ रजत र १ काश्यसहित कुल ३ पदकमा सिमित रहँदै छैटौं र भुटान १ रजत र १५ काश्यसहित कुल १६ पदक जितेर पदक तालिकाको पुछारमा रह्यो ।

नेपालले पुरुष फुटवल, उसु र जुडोमा एक÷एक गरी कुल ३ स्वर्ण जित्यो । नेपालको पुरुष फुटवल टोली, उसुको थाउलोतर्फ नेपालकी निमा घर्तीमगर र जुडोमा फुपु ल्ह्यामु खत्रीले स्वर्ण पदक दिलाएका हुन् ।

नेपालले उसुमा सबैभन्दा धेरै पदक भित्रायो । उसुमा नेपालले १ स्वर्ण, १० रजत र १ काश्य जित्यो । त्यस्तै, जुडोमा एक स्वर्ण, २ रजत र ६ काश्य जित्यो । त्यसैगरी, तेक्वान्दोमा ७ रजत र ३ काश्य जित्यो । नेपालले तेक्वान्दोमा स्वर्णसहित अन्य पदकमा समेत बर्चस्व राख्ने अपेक्षा गरिएको थियो ।

पुरुष फुटवलमा आयोजक भारतलाई २÷१ ले पराजित गर्दै स्वर्ण जितेको नेपालले महिला फुटवलमा भने आयोजक भारतसँगै पराजित हुँदै रजत पदकमा चित्त बुझायो ।

त्यस्तै, भारत्तोलनमा नेपालले १ रजत र ३ काश्य, स्विमिङ्गमा १ रजत र ३ काश्य जित्यो । नेपालकी जलपरी १३ वर्षिया गौरिका सिंहले पौडीमा सबै पदक दिलाएकी हुन् ।

नेपालले ट्रायथोलनमा १ रजत र १ काश्य, भारत्तोलनमा एक रजत र ३ काश्य, बक्सिङ्गमा ३ काश्य, टेबलटेनिस, कुस्ती, खोखो र ब्याडमिन्टनमा २÷२ काश्य जित्यो ।

आर्चरीको पुरुष टिम, स्क्वासको महिला टिम, एथ्लेटिक्सको ५ हजार मिटर, हकीको महिला टिम, भलिवलको महिला टिम, कबड्डीको महिला टिमले एक÷एक काश्य जित्यो ।

नेपालले सहभागिता जनाएको ह्याण्डबल, साइक्लिङ्ग, सुटिङ्ग र टेनिसमा पदकविहिन् भयो । बास्केटबल भने विवादका कारण समावेश गरिएको थिएन ।

कमेन्टहरु
Loading...