रेष्टुरेण्ट र बारमा सेवा शुल्क कायम राख्न मजदुरको २४ घण्टे अल्टिमेटम

काठमाडौं, १६ माघ / रेष्टुरेण्ट तथा बार एसोसिएसन नेपाल (रेवान) को रेष्टुरेण्ट तथा बारले लिइरहेको १० प्रतिशत सेवा शुल्क हटाउने निर्णय फिर्ता गर्न मजदुरले २४ घण्टे अल्टिमेटम दिएका छन् ।

होटल तथा रेस्टुरेन्टका मजदुरको बुधबार बसेको बैठकले कानुनमा भएको कुरालाई मालिकले बेवास्ता गर्दै मजदुरमाथि दमन गर्न खोजेको मजदुरहरुका आरोप छ ।

रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेवान) को सोमबार बसेको बैठकले रेष्टुरेन्ट तथा बारहरूले लिइरहेको १० प्रतिशत सेवा शुल्क हटाउने निर्णय गरेसँगै मजदुरहरु आन्दोलित बनेका हुन्।

उपभोक्ताबाट भएको चौतर्फी विरोध तथा असन्तुष्टिका कारण सेवा शुल्क हटाएको रेवानको तर्क छ । रेवानको यो निणर्य विरुद्ध मंगलबार नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन, अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरा मजदुर संघ र नेपाल पर्यटन तथा होटल संवद्ध श्रमिक संघले संयुक्त प्रेस विज्ञप्ति समेत जारी गरेको थियो । मजुदरहरुले विभिन्न आन्दोलनका घोषणाको तयारी गरेका छन् ।

कमेन्टहरु
Loading...