पोखरा महानगरपालिकाले जनप्रतिनिधि एक घर सहित ३ घर भत्कायो

पोखरा, २३ पुस/पोखरा महानगरपालिकाले पोखरामा अबैध रुपमा बनाइएका ३ वटा घर भत्काएको छ । महानगरपालिकाले सोमबार सार्वजनिक जग्गा हडपेर बनाएको पोखरा महानगरपालिका वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियार, पोखरा वडा नम्बर ५ धारापानीका भरत लिगल र बुलौंदी खोलाको मापदण्डमा पर्ने जमुना क्षेत्रीको घर भत्काएको हो ।

महानगरपालिकाले सार्वजनिक जग्गा हडपेर बनाएको पोखरा वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियारले फिर्के खोलाको मापदण्ड बिपरित बनाएको फिर्केखोलाको घर डोजर लगाएर भत्काएको हो । डोजरसहित पुगेको महानगरपालिकाको टोलीले आइतबार मात्रै ढलान गरेको एक तले घरको ढलान भत्काएको हो ।

घर भत्काउन नदिन वडा सदस्य परियारले डोजरलाई छेकेपछि नगर प्रहरी र नेपाल प्रहरीले नियन्त्रणमा लिएपछि घर भत्काइएका थिए । भत्काइएको घर सार्वजनिक जग्गा हो भने फिर्के खोलाको मापदण्ड बिपरित पनि छ । सो घरले नेपाल स्काउटको केहि अंश जग्गा पनि हडपेको महानगरको भनाई छ । नेपाल स्काउटको जिल्ला कार्यालयले आफ्नो जग्गा मिचिएको भन्दै वडा कार्यालय, महानगरपालिका र अख्तियारमा समेत निवेदन दिएको थियो ।

परियारले महानगरपालिकाका प्रमुख मानबहादुर जिसी सगँ सल्लाह गरेरै घर बनाएको दाबी गरिन् । त्यस्तै महानगरपालिकाले पोखरा ५ धारापानीमा रहेको भरत लिगलको घर पनि भत्काएको छ । पर्ती जग्गामा महानगरपालिकाबाट अनुमति नलिई बनाएकाले घर भत्काएको हो । त्यसै पोखरा ५ बुलौंदी खोलाको मापदण्ड बिपरित घर बनाएपछि जमुना क्षेत्रीको घर पनि भत्काएका पोखरा महानगरपालिकाका प्रमुख मानबहादुरका जिसीको प्रेस सल्लाहाकार माधब बरालले जानकरी दिए । लालपूर्जा भएको जग्गा हुँदाहुँदै पर्ती जग्गा हडपेर घर बनाएकाले डोजर लगाएर भत्काएको उनको भनाई छ ।

कमेन्टहरु
Loading...