नेपालका उत्कृष्ट १० होटल र २५ लजलाई यस बर्षको ‘ट्राभलरर्स च्वाइस अवार्ड’

पोखराको ४ ठुला होटल र ९ साना लज अवार्ड जित्न सफल

गोकुल बानियाँ / पोखरा १० माघ । पोखराका ४ ठुला होटल र ९ वटा लज तथा साना होटलले यस बर्षको ‘ट्राभलरर्स च्वाइस अवार्ड ’ प्राप्त गरेका छन् । बुधबार घोषित अवार्डमा पोखराका ४ सहित नेपालका १० वटा होटल र बिभिन्न क्षेत्रका २५ वटा लज तथा साना होटलले उत्कृष्ट अवार्ड जितेका छन् ।

बिश्वभर रहेको पर्यटकीय गन्तब्य र होटलबारे समिक्षा प्रकाशन गर्ने साइट ट्रिप एडभाइजरले सन् २०१४ को ‘ट्राभलरर्स च्वाइस अवार्ड’ मा नेपालका साना तथा ठुला ३५ होटललाई अवार्डको घोषणा गरेको हो ।

अवार्ड प्राप्त गर्ने नेपालकै उत्कृष्ट होटलहरुमा पोखराको वाटरफ्रन्ट रिसोर्ट , टेम्पल ट्री रिसोर्ट एण्ड होटल, अतिथि रिसोर्ट एण्ड स्पा, पोखरा ग्राण्डी सहित काठमाण्डौको होटल टिवेट इन्टरनेशनल, द्वारिका ह्यात रिजेन्सी , सोल्टी क्राउन प्लाजा , गोकर्ण फरेष्ट रिसोर्ट र होटल शंकर रहेका छन् ।

त्यस्तै ‘ट्राभलरर्स च्वाइस अवार्ड ’ पाएका साना होटलहरुमा पोखराको चेरी गार्डेन, होटल ग्लोबल ईन, फेमेली होम, डिप्लोम्याट, द नर्थ फेस ईन, बरदान रिसोर्ट एण्ड अपार्टमेण्ट, माउण्ड फुजी, ब्लु प्लानेट र होटल क्लेष्टी रहेका छन् । त्यस्तै काठमाण्डौको ब्लु माउण्टेन होम स्टे , एट होम नेपाल गेष्ट हाउस, काठमाण्डौ होम होटल, होम स्टे नेपाल किर्तिपुर, शिबपुरी ह्वाईट कटेज , पाउलीनेस गेष्ट हाउस , द हब लाजिम्पाट, अस्मिता ब्रेड एण्ड ब्रेकफाष्ट र टिङ्स लाउन्ज होटलले अवार्ड जितेका छन् ।

भक्तपुरको हर्ट अफ भक्तपुर गेष्ट हाउस, कृष्ण लज भक्तपुर, चितवनको सपना भिलेज लज सौराह होटल साईनो ल्याण्ड सौहारा र होटल मनोलिसा सौराहा तथा ललितपुरको ट्रेडिसनल होम पाटन र सानुज हाउस होम स्टे पाटन अवार्डको लागि छानिएका छन् ।

यो बर्ष बिश्वभरका झण्डै ७ हजार १ सय २३ होटलले अवार्ड पाएका छन् जसलाई ६ वटा बिभिन्न बिधाअन्तर्गत छानिएको छ । यो सूची तयार पार्न वेबसाइटमा लाखौं पर्यटकले गरेको समिक्षा र नम्बरलाई आधार मानिएको छ । त्यसमध्ये सवैभन्दा धेरै इटलीका १५२ होटलले अवार्ड पाउन सफल भए । बेलायतका १४५ तथा अमेरिका र फ्रान्सका १४४ वटा होटलले अवार्ड जितेका छन् ।

संसारभरका उत्कृष्ट १० होटलको सूचीमा नेपालबाट कुनै पनि होटल पर्न सकेनन् भने भारतबाट ‘द ओबराय मुम्बई’ र ‘ओबराय उदयबिलास’ टप टेनको सूचीमा पर्न सफल भएका छन् । ट्रिप एडभाइजरले १२ बर्षदेखि हरेक बर्ष यस्तो सूची प्रकाशन गर्दै आएको छ । उत्कृष्ट २५ को सूचीमा भर्खरै मात्र नेपालमा फष्टाउँदै गएको होमस्टेले एकतिहाई हिस्सा ओगटेका छन् ।

अवार्ड जित्न सफल पोखराका ४ ठुला होटलहरु 

atithi-resort-spa copyअतिथि रिसोर्ट एण्ड स्पा, पोखरा

waterfront-resort-hotel copyवाटरफ्रन्ट रिसोर्ट ,पोखरा

tample tree copyटेम्पल ट्री रिसोर्ट एण्ड होटल

hotel-grandi copyपोखरा ग्राण्डी होटल

उत्कृष्ठ २५ मध्य पोखराका ९ साना होटल एबं लजहरु 

Vardan-Resort-n-Apartment copyबरदान रिसोर्ट एण्ड अपार्टमेण्ट, पोखरा

The-North-Face-Inn copyद नर्थ फेस ईन, पोखरा

hotel-the-cherry-garden copyचेरी गार्डेन पोखरा

Hotel-Mount-Fuji copyमाउण्ड फुजी, पोखरा

Hotel-Diplomat copyडिप्लोम्याट, पोखरा

Hotel-Celesty copyहोटल क्लेष्टी पोखरा

Blue-Planet-Lodge copyब्लु प्लानेट , पोखरा

Hotel-Family-Home copyफेमेली होम, पोखरा

Hotel-Global-Inn copyहोटल ग्लोबल ईन, पोखरा

कमेन्टहरु
Loading...