उपचार खर्चको अभावले विरामीको ज्यान जोखिममा

गोकुल बानियाँ
पोखरा, ४ साउन/पोखराको एक अस्पतालमा उपचारका लागि ल्याएकी एक महिला उपचार खर्चको अभावले मृत्यु सगँ लड्दै छिन् । खर्च अभावमा आफ्न्तले अस्पतालबाट निकेपनि पुर्न भर्ना गरि रकम जोहो गर्न लागिपरेका छन् । फोक्सोमा समस्या देखिएपछि गण्डकी मेडिकल केलजको आसियुमा उपचाररत धार्दिङकी ५५ वर्षिय मिठ्ठु नेपालीलाई उपचार खर्च अभाव भएको हो ।

मंगलबार उपचाररत एक विरामी महिलालाई अलपत्र पारेको भन्दै मंगलवार दिउसो एकाएक सामाजिक सञ्जाल भरिएको थियो । खासमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडानम्बर ६ की ५५ बर्षीय मिठ्ठु नेपालीलाई आईतवार उपचारको लागि गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको थियो । अस्पतालको आइसियु कक्षमा उपचार गराइरहेकी उनको मंगलवार विहान सम्म अबस्था निकै नाजुक भएपछि आफन्तले चिकित्सकको सल्लाह लिए ।

फोक्सोमा समस्या भएकी मिठ्ठुको बाच्ने संभावना २० प्रतिशत मात्रै रहेको चिकित्सकले बताएपछि आफन्त थप उपचार भन्दापनि अब अरु पैसा नसक्ने र जति बाच्छिन् त्यति दिन आफन्तकोमा लगेर राख्ने निश्कर्षमा पुगे । मिठ्ठुका श्रीमान काले र उनका गाउले देवर भुमी बस्याल सहितले ज्वाईको गाडी मगाए । सामान बोक्ने गाडीमा हालेर मिठ्ठुलाई अस्पतालबाट निकाल्न खोजियो । तर अस्पतालभित्र रहेका अन्य मानिसले विरामीको अबस्था गम्भिर हुदा हुदै अस्पतालबाट निकालेको भन्दै लैजान दिएनन् । गम्भिर विरामी मिठ्ठु झण्डै एक घण्टा सोहि गाडीमा टन्टलापुर घाम खादै थिइन् । अन्य महिलाले उनलाई पानी खुवाइरहेका थिए ।

कास्छी छोरी रञ्जु बस्ने स्थान लेखनाथ लैजाने आफन्तको योजना विफल भयो । त्यतिबेला सम्म ट्याक्सी चढेर मिठ्ठुका श्रीमान् छोरीकोमा पुगिसकेका थिए । अन्य मानिसले विरामीलाई अस्पतालबाट वाहिर निकाल्न नदिएको भन्दै विरामीसँगै रहेको राजु परियारले फोन गरे । त्यसपछि उनीहरु पुनस् अस्पताल फर्किए ।

चिकित्सकले मिठ्ठुको बाच्ने संभावना २० प्रतिशत रहेको बताएपनि उपचार खर्चको अभावका कारण उनीहरुले अस्पतालबाट निकालेर लैजान लागेको आफन्त भुमीले बताए । ‘ आइतवार भर्ना गरेको हो । मंगलवार सम्ममा डेढ लाख रुपैया सकियो, ’ उनले भने ‘ अब आश गर्ने अबस्था छैन भने किन खर्च गर्नु भनेर छोरीकोमा लैजान लागेका थियौ । ’ चिकित्सकसँगको सल्लाहपछि मिठ्ठुका श्रीमान्ले अब पैसा खर्च नगरु भन्ने निश्कर्ष सहित अस्पतालबाट निकाल्न खोजेका थिए ।

अन्तमा मंगलवार दिउसो मिठ्ठुका भाइले अझै केहि रकम खोजेर भएपनि उपचार गरौ भन्ने सल्लाह गरे र हाल उनी पुनस् सोहि अस्पतालको आइसियुमा छिन् । पुनस् अस्पताल भर्ना गरेदेखि साझ सम्ममा ३० हजार रुपैया भन्दा बढी खर्च भएको र अब धेरै खर्च गर्न सक्ने अबस्थामा आफन्त नरहेको समेत आफन्त भुमी बस्यालले बताए ।

उनलाई उपचारका लागि केहि दिन अघि पोखराको फिस्टेल अस्पतालमा समेत भर्ना गरिएको थियो । उपचार राम्रो नभएको र विरामीको अबस्थामा सुधार नआएको भन्दै धादिङ फर्काइएको र गाउँ लैजाने क्रममा बाटोमा अझै बढी गाह्रो भएपछि पुन पोखरा ल्याइएको हो । आइतवार फिस्टेल अस्पतालले भर्ना नलिएपछि उनलाई गण्डकी मेडिकल कलेज लगिएको थियो । मिठ्ठुका एक छोरा र ८ छोरी छन् ।

कमेन्टहरु
Loading...