नबौ अन्तर्राष्ट्रिय अर्थोडेन्टिक तथा डेन्टोफेसियल अर्थोपेडिक सम्मेलन सम्पन्न

पोखरा, ९ पुस /पर्यटकीय नगरि पोखरामा नबौ अन्तर्राष्ट्रिय अर्थोडेन्टिक तथा डेन्टोफेसियल अर्थोपेडिक सम्मेलन सम्पन्न भएको छ । काठमाण्डौ बाहिर पहिलो पटक पोखरामा शुक्रवार र शनिवार गरि दुई दिन आयोजना गरिएको सम्मेलनमा नेपाल सगै चाइना, ताइवान, जापान लगायतका देशका गरि एक सय ५० जना सम्बन्धित बिषयका बिज्ञ चिकित्सकहरुको सहभागतिा रहेको थियो ।

अर्थोडेन्टिक एशोसिएसन गण्डकीको आयोजनामा भएको कार्यक्रममा अर्थोडेन्टिक विषयमा हाल विश्वमा प्रयोग भएका, यस अघि प्रयोग गरिएका विषय सगै यस्का सम्वन्धमा भएका नयाँ उपचार विधी सगै अन्य बिषयमा केन्द्रित रहेर तयार पारिएको विभिन्न ७० वटा कार्यपत्र प्रस्तुत सगै सहभागिहरुले आ आफनो अनुभव समेत आदान प्रदान गरेका थिए । यो सगै कार्यक्रममा अर्थोडेन्टिक तथा डेन्टोफेसियल सम्बन्धी बिभिन्न बिषय बस्तु माथि छलफल सगै अन्तकृया समेत भएको थियो । साथै सम्मेलनमा सहभागिहरुलाई लक्ष्ति गदै अर्थोडेन्टिक सँग सम्बन्धित रहेर गण्डकी मेडिकल कलेजमा प्रयोगात्मक कक्षा समेत संचालन गरिएको सम्मेलन आयोजक समितिका सचिव डा उमेश पराजुलीले जानकारि दिए ।

कार्यपत्र सगै सहचागिहरुले आफुले उपनाउदै आएको उपचार विधिको बारेमा अनुभव साटासाट गर्नसंचालन गरिएका प्रयोगात्मक कक्षामा सम्मेलनमा सहभागि मध्ये ५० जनाको सहभागिता रहेको समेत पराजुलीले जानकारि दिए ।कार्यक्रममा एसिया प्यासिफिक अर्थोडेन्टिक सोसाईटी का अध्यक्ष प्रो। जाउ, अर्थोडेन्टिक एंव अर्थोपेडिक सेसाईटी ताइवानका अध्यक्ष प्रो। जोनसन, अर्थोडेन्टिक एशोसिएसन नेपालका अध्यक्ष प्रा डा रविन्द्रमान श्रेष्ठ, कार्यक्रम संयोजक डा अन्जना कर्माचार्य, डा विमल पन्थी, लगायतले सम्बन्धित बिषयका विभिन्न आयामहरु माथि प्रकाश पारेका थिए ।

यस अघि शुक्रवार सम्मेलनको उद्घाटन गदै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा।बुद्धि बहादुर थापाले पोखरामा यस प्रकारको सम्मेलन हुनु पोखराको लागि गौरवको विषय रहेको वताएका थिए । यस्ता सम्मेलनले विभिन्न देशमा हुदै आएको उपचार प्रद्धती सगै हासिल गरेको अनुभव एक आपसमा साटासाट गर्न सहयोग पुग्ने थापाको भनाई थियो । अनुभव आदान प्रदान सगै सहभागिहरुको दक्षता बृद्धी गर्न समेत कार्यक्रमले सहयोग गर्ने हुदा समय समयमा यस्ता कार्यक्रम आयोजना भै राख्नस पर्ने थापाले बताएका थिए ।

कमेन्टहरु
Loading...