योलो पुल पार्टीमा झुमे युवा (फोटो फिचर)

पोखरा, ५ भदौ /‘यु वन्ली लिभ वन्स (योलो)’ अर्थात ‘तिमी एक पटक मात्रै बाँच्छौ’ भनिएको ‘योलो समर पुल पार्टी’ मा पोखरेली युवाले भरपुर रमाइलो गरेका छन् । लेभल नेक्स्ट प्रालिले रोट¥याक्ट क्लब अफ पोखरा फिस्टेलसँगको सहकार्यमा शनिबार फूलबारी रिसोर्टमा पुल पार्टी गरेको हो ।

पार्टीमा डिजे आशिष र डिजे कोन्मेले युवालाई नचाए । फूलबारी रिसोर्टको स्वीमिङ पुल परिसरमा दिउँसो ३ बजेबाट सुरु भएको पार्टी राति ११ बजे सकिएको थियो । पोखराको गर्मी बिर्सिएर युवाहरुले स्वीमिङ पुलको आनन्द लिएका थिए । पार्टीमा सहभागी हुन काठमाडौं, तनहुँ, पर्वत, कुश्मा, बागलुङबाट पनि युवाहरु फूलबारी रिसोर्ट पुगेका थिए । विदेशी पर्यटकले पनि पार्टीको मज्जा लिए ।

लेभल नेक्स्टकी प्रबन्ध निर्देशक सिर्जना भुर्तेलले पार्टीले सर्वाधिक सफलता पाएको बताइन् । उनले तेस्रो वर्षमा आइपुग्दा सहभागी संख्यामा उल्लेख्य बृद्धि भएको जानकारी दिइन् । ‘युवाहरुको उत्साहजनक उपस्थिति देखेर हामी हर्षित छौं,’ उनले भनिन्, ‘आगामी वर्ष पनि यो पार्टी सफल हुनेमा कुनै शंका छैन ।’

भुर्तेलले पार्टीबाट हुने आम्दानी सामाजिक सेवाको क्षेत्रमा खर्च गर्ने बताइन् । सामाजिक संस्था रोट¥याक्ट क्लब अफ पोखरा फिस्टेलसँग मिलेर लेभल नेक्स्टले सामाजिक सेवा गर्दै आएको छ । पुल पार्टीबाट बचेको रकम सामुदायिक विद्यालयमा पुस्तकालय निर्माण, छात्रवृत्ति लगायतमा खर्चने लेभल नेक्स्टले बताएको छ ।

पार्टीका मिडियो कोअर्डिनेटर विजय लम्सालले पार्टीमा करिब २५ सय जना सहभागि भएको बताए । उनले पार्टीबाट १२ लाख रुपैयाँ आम्दानी भएको जानकारी दिए । लेभल नेक्स्टले हरेक वर्षको वर्षा ऋतुमा योलो समर पुल पार्टी गर्दै आएको छ ।yolo dance party (1) yolo dance party (2) yolo dance party (3) yolo dance party (4) yolo dance party (5) yolo dance party (6) yalo  dance party

कमेन्टहरु
Loading...