पुरुषोत्तम न्यौपानेको नयाँ लोक दोहोरी ‘यै जवानी बैना राखेर’ (भिडियो सहित)

पोखरा २७ चैत्र /नयाँ वर्षको २०७६ को अवसरमा लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेले नयाँ गीत ‘यै जवानी बैना राखेर’ दर्शक श्रोतामाझ सार्वजनिक गरेका छन् ।

गीतमा न्यौपाने र देवी घर्तीको सुमधुर आवाज सुन्न सकिन्छ । गीतमा लय तथा शब्द संकलन शिव हमाल ‘लालुमै’ गरेका हुन् । गीतको भिडियो समेत उत्कृष्ट बनेको न्यौपानेले बताए । भिडियोमा विनोद श्रेष्ठ र अञ्जली अधिकारीको नृत्य हेर्न सकिन्छ ।

भिडियोको निर्देशन प्रकाश भट्टले तथा छायाकंन राजेश घिमिरेले गरेका हुन् । भरपुर संगीतको प्रस्तुतीमा सार्वजनिक गरिएको गीतले लोकसंगीत पारखीको मन जित्नेमा गायक न्यौपाने आशावादी छन् । ‘गीत सँगै म्युजिक भिडियो समेत उत्कृष्ट बनेको छ, पक्कै दर्शक श्रोताको मन जित्नेछ’ न्यौपानेले भने ।

वलाम वेलटारी स्याङ्गजामा जन्मिएका न्यौपानेले ओजदार गीत मार्फत नेपाली साँगीतिक फाँटमा आफ्नो बलियो पकड कायम राखेका छन् । वि.स. २०४६ सालमा रेडियो नेपालमा स्वर परिक्षा दिई उत्रिर्ण भए पश्चात ‘वलाम देवि थान’ बोलको गीत रेकर्ड गरी नेपाली साँगीतिक फाँटमा डेब्यु गरेका न्यौपानेले एक हजार भन्दा बढी गीतमा आफ्नो सुमुधुर आवाज भरीसकेका छन् ।

लोकदोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय अध्यक्ष भैसकेका न्यौपाने रेडियो नेपालका कार्यक्रम अधिकृत हुन् । निरन्तर रुपमा दर्शक श्रोतामाझ साँगीतिक कोसेली पस्कने वाचा उनी गर्छन् । उनको सक्रियता नेपाली लोक संगीतको क्षेत्रमा निरन्तर रहेको छ । चर्चामा आउन राजधानीमानै बस्नुपर्छ भन्ने नभई पोखरामै बसेर समेत साँगीतिक क्षेत्रमा स्थापित हुन सकिन्छ भन्ने प्रमाणित उनले गरिसकेका छन् ।

कमेन्टहरु
Loading...