महिला संघद्वारा तीज गीत प्रतियोगितामा गायत्री समूह पहिलो

पोखरा, १७ भदौ / तीजको अवसरमा नेपाल महिला संघ क्षेत्र नं २ कास्कीले खुल्ला तीज गीत प्रतियोगिता गरेको

छ । प्रतियोगितामा गायत्री पराजुलीको समूह प्रथम, चन्द्रा बरालको समूह द्वितिय, आर्वा दिदी बहिनी समूह

तृतिय र सिद्वेश्वर महिला समूह सान्वना भएका छन् ।

विजयी समूहलाई क्रमश १० हजार, सात हजार, पाँच हजार र तीन हजार सहित प्रमाणपत्र वितरण गरिएको

थियो । त्यसअवसरमा महिला संघको विकासका लागि योगदान पु¥याएको भन्दै चार जना ज्येष्ठ नागरिकलाई

सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा पोखरा – १४ की भारती अधिकारी, पोखरा – १५ की गौरी पोखरेल, पोखरा – ४ की जानकी

कोइराला र पोखरा – १३ की विष्णुमाया बराल छन् । प्रतियोगिता उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय

सदस्य प्रकाशमान सिंहले सवै मिलेर चाडपर्वको अवसरमा हुने बिकृति रोक्नु पर्नेमा जोड दिए । कार्यक्रममा

कास्की काँग्रेसका सभापति कृष्ण केसी, पूर्वसांसद शारदा पौडेलले बोलेका थिए । नेपाल महिला संघ क्षेत्र नं २

कास्कीकी कार्यवाहक अध्यक्ष ईन्द्रमाया बाँनियाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव निर्मला कार्की

भण्डारीले स्वागत र सचिवद्वय रामकुमारी पौडेल, निर्मला कार्की भण्डारीले कार्यक्रम संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...