अनेरास्ववियू क्षेत्र नंं ३ को तीज नृत्य प्रतियोगिता, सम्मान तथा सांस्कृतिक कार्यक्रम

पोखरा, २७ साउन/अनेरास्ववियू कास्की क्षेत्र नं. ३ ले पोखरामा विहीबार तीज विशेष खुल्ला नृत्य प्रतियोगिता, सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको सन्दर्भ पारेर अनेरास्ववियू कास्की क्षेत्र नं. ३ ले यो कार्यक्रम आयोजना गरेको हो ।

प्रतियोगितामा खुल्ला नृत्यतर्फ सृजना उच्च माविको समूह प्रथम भएको छ । समूहमा अनिता श्रेष्ठ, दिक्षा गुरुङ, सिजल श्रेष्ठ, सिर्जना सुवेदी, सिर्जना श्रेष्ठ, रविन्द्र गुरुङ, आशिष गुरुङ, आशिष क्षेत्री र रोशन मगर थिए । यस्तै, सबिना क्षेत्रीले दोस्रो स्थान प्राप्त गर्दा जमुना देवकोटाले तेस्रो स्थान प्राप्त गरिन् । मिका पुन सान्त्वना भईन । कूल १७ जना सहभागी थिए ।

प्रमुख अतिथि नेकपा एमाले कास्कीकी उपसचिव प्रभा कोईराला, विशेष अतिथि महिला उद्यमी हिरा भट्टराई लगायतले पुरस्कार वितरण गरेका थिए । प्रमुख अतिथि कोईरालाले अनेरास्ववियूले विभिन्न रचनात्मक कार्यहरु गर्दै आएकोमा खुशी व्यक्त गर्दै क्षेत्र नं. ३ ले अन्यको तुलनामा विभिन्न कार्यक्रम गरी सक्रियतापूर्वक अघि बढेको बताईन् । सो अवसरमा महिला उद्यमी हिरा भट्टराई, एमालेका नेता झपट रानाभाट, विद्यार्थी नेताहरु विवेक देवकोटा, मनकुमार श्रेष्ठ, ज्ञानु भुजेल, रीता ढकाल, रियाज तिमिल्सिना लगायतले बोलेका थिए ।

सो अवसरमा चर्चित गायकगायिका जीवन दाहाल, लक्ष्मी न्यौपाने, सरला पाण्डे, सुवास मल्ल लगायतले भरपूर मनोरञ्जन प्रदान गरेका थिए । महिला उद्यमी हिरा भट्टराई, एमाले नेतृ विजया सुवेदी तथा सहयोगीहरु बाराही ईन्टरनेट, बाबा फाउण्डेशन, कान्तिपुर डेण्टल, त्रिशक्ति पार्टी प्यालेस, गोल्डेन आई एकेडेमी लगायतलाई सम्मान पनि गरिएको थियो । क्षेत्र नं. ३ अध्यक्ष महेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन सन्तोष पोखरेलले गरेका थिए भने सुनिल पोखरेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...