लोक दोहोरी गायिका तुलसी क्षेत्रीको व्यस्तता बढ्दै

पोखरा, १० चैत्र/ लोक दोहोरी गायिका तुलसी क्षेत्रीको व्यस्तता बढ्दै गएको छ । छ वर्ष अगाडी ‘वैश जोवनमै’ गीत बजारमा ल्याएर साँगीतिक क्षेत्रमा पाइला चालेकी क्षेत्रीले एक दर्जन भन्दा बढी गीत दर्शक श्रोतामाझ पस्कि सकेकी छन् ।

उनका कस्तो होला बोली, हेराउन जाम हिड, जवानीले मागेको कुरा, सम्झना छैन, के मा बस्यो मोहनी, दिल भित्र चित्र, जाम झोला बोकेर लगायतका गीत चर्चामा छन् । गीत गाएर मात्र नभएर म्युजिक भिडियोमा अभिनय गरेर मोडलको परिचय समेत उनले बनाएकी छन् । आँखा झिमिझिमि, साह्रै दुख्यो मन, कस्तो होला बोली, जस्ले पनि ढाट्ने लगायतका गीतको म्युजिक भिडियोमा उनी मोडलको रुपमा देखिएकी छन् ।

नेपाली फिल्म अग्निदहनमा अभिनय गर्दै नेपाली चलचित्र क्षेत्रमा समेत तुलसी क्षेत्रीको डेब्यु भइसक्यो । उनले अभिनय गरेको दोस्रो चलचित्र क्या बात छ को छायांकन सकिएको छ । दुवै चलचित्रको प्रर्दशन प्रश्चात नेपाली चलचित्रका दर्शकको माया प्राप्त हुने विश्वास उनको छ । ‘गीत संगीत हुदै चलचित्रमा समेत अभिनय गर्न थाले आशा छ मेरो प्रयासलाई दर्शकले रुचाइदिनेछन्’ उनले भनिन् ।

लोक गायिका तुलसाको फिल्ममा डेब्यु
लोक गायिका तुलसाको फिल्ममा डेब्यु

पोखराबाट निर्माण भएको टेलिचलचित्रमा समेत उनले अभिनय गरेकी छन् । लोक दोहोरी गीत प्रतिष्ठान कास्कीकी कोषाध्यक्ष रहेकी उनी मेला महोत्सव लगायतका देश विदेशमा हुने साँगीतिक कार्यक्रममा समेत उत्तिकै व्यस्त छन् । प्रतियोगीतामा भाग लिदाँलिदै स्टेज कार्यक्रम तथा दोहोरी साँझमा व्यस्त बनेकी उनले हरेक साँझ पोखराको सिर्जनाचोकमा रहेको विसौनी दोहोरी साँझमा आफ्नो प्रस्तुती राख्छिन् ।

लोक दोहोरी गायिका तुलसी क्षेत्रीको व्यस्तता बढ्दै गएको छ । छ वर्ष अगाडी ‘वैश जोवनमै’ गीत बजारमा ल्याएर साँगीतिक क्षेत्रमा पाइला चालेकी क्षेत्रीले एक दर्जन भन्दा बढी गीत दर्शक श्रोतामाझ पस्कि सकेकी छन् । उनका कस्तो होला बोली, हेराउन जाम हिड, जवानीले मागेको कुरा, सम्झना छैन, के मा बस्यो मोहनी, दिल भित्र चित्र, जाम जmोला बोकेर लगायतका गीत चर्चामा छन् ।

गीत गाएर मात्र नभएर म्युजिक भिडियोमा अभिनय गरेर मोडलको परिचय समेत उनले बनाएकी छन् । आँखा झिमिझिमि, साह्रै दुख्यो मन, कस्तो होला बोली, जस्ले पनि ढाट्ने लगायतका गीतको म्युजिक भिडियोमा उनी मोडलको रुपमा देखिएकी छन् । नेपाली फिल्म अग्निदहनमा अभिनय गर्दै नेपाली चलचित्र क्षेत्रमा समेत तुलसी क्षेत्रीको डेब्यु भइसक्यो । उनले अभिनय गरेको दोस्रो चलचित्र क्या बात छ को छायांकन सकिएको छ ।

दुवै चलचित्रको प्रर्दशन प्रश्चात नेपाली चलचित्रका दर्शकको माया प्राप्त हुने विश्वास उनको छ । ‘गीत संगीत हुदै चलचित्रमा समेत अभिनय गर्न थाले आशा छ मेरो प्रयासलाई दर्शकले रुचाइदिनेछन्’ उनले भनिन् । पोखराबाट निर्माण भएको टेलिचलचित्रमा समेत उनले अभिनय गरेकी छन् । लोक दोहोरी गीत प्रतिष्ठान कास्कीकी कोषाध्यक्ष रहेकी उनी मेला महोत्सव लगायतका देश विदेशमा हुने साँगीतिक कार्यक्रममा समेत उत्तिकै व्यस्त छन् । प्रतियोगीतामा भाग लिदाँलिदै स्टेज कार्यक्रम तथा दोहोरी साँझमा व्यस्त बनेकी उनले हरेक साँझ पोखराको सिर्जनाचोकमा रहेको विसौनी दोहोरी साँझमा आफ्नो प्रस्तुती राख्छिन् ।

कमेन्टहरु
Loading...