गायिका तुलसी क्षेत्रीको नयाँ गीत चामल चौलानी

पोखरा, २५ चैत्र /लोकदोहोरी गायिका तुलसा क्षेत्रीको नयाँ गीत “चामल चौलानी” सोमबार सार्वजनिक भएको छ । ओम फाउण्डेशन नेपाल कास्कीद्वारा आयोजीत कार्यक्रममामा गीतको म्युजिक भिडियोलाई लोकार्पण गरिएको हो ।

गण्डकी प्रदेशका सभाका सांसद राजिव पहारीले म्युजिक भिडियो लोकार्पण गर्दै गण्डकी प्रदेश संस्कृति, कला र संगीतको राजधानी भएको बताए । उनले गण्डकी क्षेत्र लोककवि अलिमिया, धर्मराज थापा, बुद्धि परियार, हरिदेवि कोइराला, प्रजापति पराजुली, पुरुषोक्तम न्यौपाने, बिबि अनुरागी लगायतका श्रष्टाहरुको जन्मथलो भएको उल्लेख गर्दै यहाँका हरेक कलाकारको हकहितका निम्ती प्रदेश सरकार लागि पर्ने प्रतिबद्धता जनाए । आफुले गण्डकी प्रदेशमा गीतसँगीतको प्रतिलिपी ऐन कानुन निर्माण गराएरै छाड्ने उनको प्रतिबद्धता थियो ।

चामल चौलानीका गीतकार एवम सँगीतकार बिबि अनुरागीले गीत नेपाली समाजमा पछिल्लो समय भईरहेको घटना सँग सम्बन्धित रहेको बताए । सोहि गीतमा तुलसीलाई स्वरमा पनि साथ दिएका अनुरागीले २०५१ सालदेखि आफु अनवरत रुपमा गीतसँगीतमै लागिरहँदा नेपाली साँगीतिक बजारको वर्तमान अवस्थाको चित्रण गरेका थिए ।

कार्यक्रममा प्राज्ञ एवम बरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुलीले लोकार्पण गीत चामल चौलानी एक सामाजिक चेतनामुलक गीत रहेको बताए । उनले गीतमै कथा भेटिएको उल्लेख गरे । समाजमा त्यस्ता कैयन व्यत्ति छन जो सानो तिनो काम गरेर पनि मिठोनमिठो खाई पेट भरिरहेका छन् ।

कार्यक्रममा लोकदोहोरी गायिका एवम संचारकर्मी शान्ति गुरुङले श्रष्टा परिचय गरेकी थिईन् भने गीतकार सुमन श्रापितले विमोचित गीतको बारेमा चर्चा गरेका थिए । फाउण्डेशनका महासचिव सुरेन्द्र गुरुङले स्वागत गरेको कार्यक्रममा श्रष्टाद्वय बिबि अनुरागी र तुलसी क्षेत्रीलाई सम्मान पत्र सहित सम्मान पनि गरिएको थियो । कार्यक्रम फाउण्डेशनकी कार्यवाहक अध्यक्ष उर्मिला खडकाको अध्यक्षतामा सम्पन्न भएको हो ।

कमेन्टहरु
Loading...