नविन कटुवालको ‘तिरीमीरी झ्याई’ सार्वजनिक (भिडियो सहीत)

पोखरा, ४ पुस /गायक नविन कटुवालको नयाँ गित ‘तिरीमीरी झयाइ ’ सार्वजनिक भएको छ । भिडियो साझेदार साइड युबट्युब मार्फत गित सार्वजनिक भएको हो । गितमा गणेश शाहको शब्द विनय केटो को यरेन्जमा संगित संयोजन प्रकास नेपालीले गरेका छन । लामो समयको मेहनत पछी एउटा स्तरीय गित सार्वजनिक गर्न सम्भव भएको गायक कटुवालले प्रतिक्रिया दिएका छन ।

यस भन्दा अघि बजारमा सोलो गित ‘मलाइ खुसी ’ लीएर आएका नविन भने यतिबेला डान्सीङ गित तिरीमीरी लीएर आएका छन । गित र भिडियोको स्तरीयताको कारण दर्शक, श्रोताले गित मन पराउनेमा गायक कटुवाल आशावादी देखिएका छन ।

गितको म्युजिक भिडियोमा कलाकार रोहनी लामा र सुनिल मगर लगाएत धेरै जनाको अभिनय रहेको भीडीयोको कोरीयो ग्राफी प्रीती गुरुङले गरेकी छन भने भीडीयोको निर्देशन गायक नविन आफैले गरेका हुन । सरोज अधिकारीले छायांकन गरेको भिडियोमा निसान घिमीरेले सम्पादन गरेका छन ।

 

कमेन्टहरु
Loading...