दि भ्वाइस अफ नेपालको उपाधी सिडी विजय अधिकारीलाई (के के जिते)

पोखरा, २९ मंसिर /रियालिटी शो दि भ्वाइस अफ नेपालको उपाधी पोखराका सिडीविजय अधिकारीले जितेका छन् । कतारको दोहामा भएको फाइनलमा अधिकारीले विजेता बन्दै उपाधी हात पारे ।

दि भ्वाइस अफ नेपालको फाइनलमा सिडि बिजय अधिकारी, कुशल आचार्य, सप्तक द्रुतराज र श्रृजय थपलियाले पुगेका थिए । भोटिङका आधारमा अधिकारीले उपाधि जितेका हुन् ।

बिजेताले २५ लाख रुपैयाँको नगद पुरस्कारका साथमा रेनोको एउटा कार प्राप्त गरेका छन् । त्यसैगरि २० लाख रुपैयाँ बराबरको एल्बम सम्झौता र विश्व भ्रमण गर्न पाउनेछन् ।

फाइनलमा चारै जना निर्णायकहरु दिप, अभया, सनुप र प्रमोदका टिमबाट एक एक प्रतियोगीहरु फाइनलमा प्रवेश गरेका थिए ।

कमेन्टहरु
Loading...