प्रजापति पराजुलीको मौलिक तीजगीत “यही माईती घरमा” (भिडियो सहित)

पदमराज उदासी
पोखरा,२२ साउन/चर्चित लोक दाहोरी गायक प्रजापति पराजुलीले यसपाली “यही माईती घरमा” मौलिक तीजगीत बजारमा ल्याएका छन् । मौलिक गीत गाउन र रचना गर्न अव्बलका रुपमा गायक पराजुली मानिएका छन् ।

हिन्दु नारीहरुको महान चाड हरितालिका तीज जति जति नजिकिदै छ त्यति त्यति नै कलाकारहरुले तीजगीत बजारमा ल्याउने गरेका छन् । गायक पराजुलीले एकातिर समाज निर्माण गर्न प्रेरणा मिलेको छ भने अर्को समाज रुपान्तरणमा लागि परेको यस मौलिक गीतले सन्देश दिनेमा ढुक्क भएको बताउछन् ।

विकृतिविसंगतिलाई अन्त्य गरी सभ्य समाज निर्माण गर्न यस्ता मौलिक तीजगीतले प्रोत्साहन पाउने गरेका छन् । यसगीतमा गायक प्रजापति पराजुलीले लय शब्द कोरेका छन् । यस गीतमा गायिका सरला पाण्डेको स्वर रहेको छ ।

तीजका गीत भन्नासाथ बेदनाको पोको र प्रजापति पराजुली झलक्क सम्झनामा आउछ । यस गीतको निर्देशन राम लामाले गरेका छन् भने गणेश सापकोटाले छाँयाकन गरेका हुन् । यस गीतलाई एरेन्जर विनोद बाजुरालीले गरेका छन् भने सन्तोष सारु मगरले सम्पादन गरेका छन् ।

कमेन्टहरु
Loading...