मालेपाटन छैटौं खुल्ला तीजगीत प्रतियोगिता हुने

पोखरा, ४ भदौ / यस वर्ष पनि पोखरा लेखनाथ महानगरपालिका वडा नं. ५ मालेपाटनमा सूर्यचन्द्र विकास समाज र १६ वटा

आमा समूह तथा वित्तीय संस्थाहरुको सहआयोजनामा छैटौं मालेपाटन खुल्ला तीजगीत प्रतियोगिता तथा महिला खेलकुद

प्रतियोगिता २०७५ आयोजना गर्न लागेको हो ।

मालेपाटनको फुटबल मैदानमा भाद्र २५ र २७ गते हुने प्रतियोगितालाई व्यवस्थित र भब्य बनाउन पोखरा लेखनाथ

महानगरपालिका वडा नं. ५ कार्यालयले विशेष सहयोग स्वरुप एकलाख रुपैयाँ सहयोग गरेको छ ।

प्रतियोगितामा यस वर्षदेखि खेलकुद प्रतियोगिता थप गरीएको सूर्यचन्द्र विकास समाजका अध्यक्ष गायत्री भूत्र्यालले जानकारी

दिइन् ।

प्रतियोगिताको आर्थिक सहयोग संकलन समिति संयोजकमा सावित्री कोइराला, प्रचारप्रसार समिति संयोजकमा केदार प्रसाद

कोइराला, मञ्च व्यवस्थापन समितिमा मणिराम बराल, निर्णायक संयोजन समितिमा उज्वल खत्री, स्वास्थ्यउपचार समितिमा

बुद्धिसागर खनाल, स्वयंसेवक व्यवस्थापन समितिमा ज्ञानी थापा, अतिथि सत्कार समितिमा गायत्री भूत्र्याललाई संयोजकको

रुपमा जिम्मेवारी प्रदान गरेको छ ।

कमेन्टहरु
Loading...