“कोसेली तेल १६औँ छमछमी तीज”, तीज गीत प्रतियोगिताको तयारी अन्तिम चरणमा

पोखरा, १३ भदौ/माछापुच्छे एफ.एम ९१ मेगाहर्जले गर्न लागेको छमछमी तीज, तीज गीत प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली नारीहरुको महान पर्व हरितलिका तिजको अवसर पारेर पोखराको पहिलो एफ एम माछापुच्छे एफ.एम ९१ मेगाहर्ज र गोल्डेन आई टेलिभिजनको संयुक्त आयोजनामा विगतका वर्षहरुमा जस्तै यस बर्ष पनि कोसेली तेल १६ औ छमछमी तिज, तिज गित प्रतियोगिता गर्न लागिएको हो ।

माछापुच्छ«े एफ.एमले विगत १५ वर्षदेखि संचालन गरिरहेको छमछमी तीज, तीज गित प्रतियोगिताको १६ औ संस्करणका रुपमा यो प्रतियोगिता गोल्डेन आई टेलिभिजनसगँको सहकार्यमा गर्न लागेको र तयारी अन्तिम चरणमा पुगेको एफ एमले जनाएको छ । प्रतियोगिता यहि भाद्र १५ गते बुधबार पोखरा उद्योग वाणिज्य सघंको सभाहलमा आयोजना गरिने बताईएको छ । नेपाली महिलाहरुको महानपर्व हरितालिका तीजको अवसरमा कला, संस्कृति र साहित्यलाई संरक्षण एवम् सम्वद्र्धन गर्ने उद्धेश्यले यस बर्ष पनि छमछमी तीज, तीज गित प्रतियोगिता गर्न लागिएको एफ.एमका प्रवन्ध निर्देशक देव क्षेत्रीले बताए ।

यस बर्षको छमछमी तिज तिज गित प्रतियोगितालाई कर्मचार्य ग्रुपको उत्कृष्ट उत्पादन कोसेली तेलले मुख्य प्रयोजन गरेको एफ एमका स्टेसन म्यानेजर कञ्चन थापाले जानकारी दिईन् । तीज गित प्रतियोगिताको टिम दर्ताको लागि निशुल्क फर्म बितरण जारी रहेको र यहि भदौ १५ गते बुधबार बिहान सम्म टिम दर्ता गर्न सकिने थापाले जानकारी दिईन् ।

प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार ५ सय ५५, द्धितिया हुनेलाई १० हजार ५ सय ५५, तृतीय हुनेले ५ हजार ५ सय ५५ र सान्त्वना हुनेले ३ हजार ५ सय ५५ रुपैया पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक अनिशा नेपाली जानाकारी दिईन । जसका लागि अनुसिलन कलाकेन्द्र रानीपौवाले प्रथम , चेरिष्मा इम्पोरियम न्युरोडले द्धित्तिय , वयल फेयर कोरियन ल्याङ्वयज ईस्ट्रिच्युट चिप्लेढुङ्गाले तृतिय र तेजस्वी ज्वलर्स पोखरा ट्रेडमलले सान्त्वना पुरस्कार प्रायोजन गरेको पनि संयोजक नेपाली जानाकारी दिईन । यस्तै प्रतियोगितामा उत्कृष्ट हुने भेषभुषा र नृत्यलाई पनि २÷२ हजार रुपैया पुरस्कार प्रदान गरिने एफ एमले जनाएको छ ।

कमेन्टहरु
Loading...