शनिवार पोखरामा कन्सर्ट हुने

पोखरा, ७ जेठ/सुरताल इभेन्ट म्यानेजमेन्ट प्रालि पोखराको आयोजनामा हुन लागेको सुरताल म्युजिकल कन्सर्टको सम्पुर्ण तयारी पुरा भएको आयोजकले बताएका छन् ।

पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा यहि आउँदो शनिवार आयोजना हुने कन्सर्टमा चर्चित ब्याण्ड ‘द एक्स’ संग पोखराको अग्र्यानिक ब्याण्ड लक्ष्यको पनि प्रस्तुती रहनेछ । ब्याण्डहरुका अलावा गायक योगेश काजी, ओम गुरुङ्ग, रबिन खड्का, सन्तोष बस्यालसंगै सुरताल सिजन–२ का फाइनलिस्टहरुको प्रस्तुती रहने कन्सर्ट संयोजक प्रशान्त सुनारले जानकारी दिए ।

म्युजिकल टुर अन्तर्गतको फाइनल श्रृङ्खला भएकाले प्रचारप्रशारमा कुनै कसर बाँकी नराखेको र संगित पारखी पोखरेलीहरुको ब्यापक सहभागीता हुनेमा आफु विश्वस्त रहेको कन्सर्टका प्रचारप्रशार संयोजक मन क्षेत्रीले बताए । म्युजिकल टुर अन्तर्गत सुरतालले बाग्लुङ्ग, वालिङ्ग, बुटबल, नारायणगढ, दमौली र काठमाण्डौंमा यसअघि नै कन्सर्ट सम्पन्न गरिसकेको छ ।

कमेन्टहरु
Loading...