मन्जु र सुरेनको “सोल्टीनी” सार्वजनिक

पोखरा, २२ माघ/लोकदोहोरी गायिका मन्जु वि.क र गायक सुरेन घताङ्गको नयाँ कौरा गीत “सोल्टीनी” सार्वजनिक गरिएको छ । सोमबार पोखरामा एक कार्यक्रमका बिच गण्डकी प्रदेशकी उपसभामुख सृजना शर्माले उक्त गीतको म्युजिक भिडियोलाई सार्वजनिक गरेकी हुन् । ओम फाउण्डेशन नेपाल कास्कीले आयोजना गरेको कार्यक्रमको उद्दघाटन गर्दै उपसभामुख शर्माले लोक संस्कृतिको सम्बद्र्धन विकासका निम्ती प्रदेश सरकारको कानुनमै पारित गरिने बताईन ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी उनले सबै कलाकार प्रदेश सरकारका लागि बराबर भएको उल्लेख गर्दै कलाकारको रोयल्टीका लागि प्रदेश सरकार बाट पनि व्यवस्था गरिने जानकारी गराइन् । उनले भनिन् — ‘कलाकारहरुलाई मर्का नपर्ने गरि गण्डकी प्रदेश सरकार लागि पर्ने छ । कलाकार रहे यो प्रदेशको संस्कृति रहन्छ । संस्कृति धर्म जोगाउन प्रदेश सरकारले कलाकारलाई प्रोत्साहन गर्नै पर्छ ।’अब कोही पनि कलाकार बेवारिसे हुनु नपर्ने उनको भनाई थियो । हाम्रा लोक भाकाको पहिचान हामी आफैले गर्नुपर्ने बताउदै उनले सर्जकलाई निरन्तर सिर्जनशिल बाटोतर्फ लाग्न अनुरोध गरिन । उनका अनुसार प्रदेश सरकारले संगीतको बगैचामा रहेर मालीको काम गर्न चाहन्छ । त्यसका लागि केहि मोडालिटी तयार भइसकेको उनले बताइन ।

गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले कौरा गीत नेपालको साँस्कृतिक परिचय भएको उल्लेख गर्दै लोपन्मुख ठाडो भाकालाई पनि संरक्षण गर्न तर्फ अब कलाकार लाग्नु पर्ने बताए । समय अनुसार परिवर्तन हुन जरुरी छ । तर यसको नाममा मौलिकपन लोप हुनुहुदैन । हाम्रो पहिचाननै यहि मौलिक पनमा लुकेको उनले बताए । विष्टले प्रदेश सभामा समेत कलाकारको संगीत रोयल्टीका कुरा उठिरहेको जानकारी गराए । ‘गण्डकी प्रदेशको संसद बैठकमा समेत कलाकारको सुरक्षाका लागि संगीत रोयल्टीका कुराहरु उठिरहेको छ, उनले भने, नेपालको संविधानमा एकिन गरेको यातायात नविकरण वा नयाँ यातायातको ब्लुबुक लिँदा संगीत रोयल्टी भौचर पनि पेश गरिनुपर्ने व्यवस्था मिलाउनका लागि प्रदेशमा मैले कुरा राखेको छु ।’उनका अनुसार विधान समितिमा छलफल भएको छ । कलाकारहरुलाई पनि रोयल्टी सँग सम्बन्धित रहेर घचघचाउन उनले आग्रह गरे । प्रदेशमा प्रज्ञा प्रतिष्ठान पनि गठन गर्ने भन्ने कुरा छ । गठन भयो भने भोली यहिका कलाकारहरुले ठाँउ पाउने हो । लगनशिलतानै सफलताको प्रतिक भएको उनको भनाइ थियो ।

प्रदेश सभा सदस्य पुष्प केसीले हँराउदै गएको घुमाउरो घर सोल्टीनीमा देखाउदा हाम्रो मौलिकत्ताको प्रचारप्रसार गरिएको बताइन । केसीका अनुसार संस्कृति कला मर्नुहुदैन । संस्थाको बयान गर्दै उनले ओम फाउण्डेशन नेपाल कला सँगै सामाजिक संस्थामा पनि क्रियाशिल भइ समाजमा उदाहरणीय काम गरिरहेको बताइन । कार्यक्रममा लोकसंस्कृतिको संरक्षणमा योगदान गरे बापत संस्कृति कर्मी बुद्धिमान दुरा (धम्पु) र फोटोपत्रकारिता मार्फत संस्थाको हरेक गतिविधीमा सहयोग पु¥याउने मनलाल गुरुङ (मणी सरब्जा) लाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा प्राध्यापक डाक्टर दिल बहादुर क्षेत्रीले आधुनिक शैली आए पनि मौलिकता बिर्सन नहुने र यो सधै कायम रहिरहनु पर्ने बताए । वरिष्ठ लोक गायिका एवं सञ्चारकर्मी शान्ति गुरुङले कलाकारको परिचय गराउदै गीतको समिक्षा गरिन् ।

सार्वजनिक भएको ‘सोल्टीनी’ कौरा गीतका लयशब्द संकलक भरत सुनारलाई समेत सम्मान गरिएको थियो । कलाकारद्वय मन्जु वि.क र सुरेन घताङ्गले कौरा गीत प्रस्तुत गरि दर्शकलाई नचाएका थिए । गीतमा निर्देशन प्रकाश भट्टको छ भने सँगीत संयोजन भरत सुनारलेनै गरेका हुन् । गीतको सम्पुर्ण छाँयाकन स्याङ्जाको पित्लेक आरुपाटमा गरिएको हो । राजेश घिमिरेले छाँयाकन गरेको गीतको म्युजिक भिडियोमा सुरेन घताङ्ग सँगै सरिष्मा मगरको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोलाई सुरेन घताङ्गको आफ्नै अफिसियल युटियुब मार्फत सार्वजनिक गरिएको छ ।

कमेन्टहरु
Loading...