शिवरात्रीमा पोखरामा सत्याकृतको रक भजन प्रस्तुती गर्ने

पोखरा, १३ फागुन/महाशिवरात्रीको अवसरमा पोखरामा आयोजना हुने महाशिवरात्री सांगीतिक कार्यक्रममा धार्मिक ब्याण्ड सत्याकृतले विशेष प्रस्तुती दिने भएको छ ।

फागुन २० गते महाशिवरात्रीको अवसरमा हुन लागेको कार्यक्रममा ‘हाम्रो संस्कृति हाम्रो परम्परा राष्ट्रको गौरव पर्यटनको आधार’ भन्ने नारासहित धार्मिक ब्याण्ड सत्याकृतले पोखराका संगीत पारखीमाझ प्रस्तुती राख्ने भएको हो ।

हल्लनचोक लेकसाइडमा आयोजना हुने कार्यक्रमको प्रदेश प्रमुख बाबुराम कुवँरले उद्घाटन गर्ने पत्ररकार सम्मेलन मार्फत जानकारी दिइयो । कार्यक्रम साँझ ५ बजेदेखि सुरु हुने छ । कार्यक्रमको प्रत्यक्ष प्रशारण एपीवन टेलिभिजनले गर्नेछ ।

एभिया क्लबको सहयोगमा कार्यक्रमको सुरुमा अल्ट्रालाइट मार्फत पुष्पवृष्टी गरिने छ । कार्यक्रम सञ्चालन नेपालका चर्चित हाँस्य कलाकार सन्दीप क्षेत्रीले गर्नै छन् । साथै कार्यक्रममा विदेशबाट आएका कलाकारहरुले पनि आफ्नो प्रस्तुती राख्नेछन् ।

नेपालको मौलिक परम्परा संस्कृति तथा वैदिक मुल्य मान्यताहरुलाई संरक्षण गर्न र समाजमा शान्ती र सद्भाव कायम गरि नेपाललाई विश्वसामु चिनाउने उद्धेश्यले कार्यक्रम गर्न लागिएको आयोजकले जनाए ।

कमेन्टहरु
Loading...