एशियाली लघु चलचित्र अन्तराष्ट्रिय प्रतिस्पर्धा पोखराका श्रेष्ठले जिते पब्लिक च्वाइस अवार्ड

पोखरा, १७ चैत/गत जुलाईमा थाइल्याण्डमा आयोजना भएको एशियाली लघु चलचित्र अन्तराष्ट्रिय प्रतिस्पर्धामा पोखराका कृष्णकुमार श्रेष्ठले पब्लिक च्वाइस अवार्ड जितेका छन् ।

लागुपदार्थ प्रयोग कर्ताहरुको एशीयाली सञ्जाल, ए एन पि यू डी ले आयोजना गरेको प्रतियोगितामा नेपाल लगायत १६ वटा एशीयाली मुलुकहरुको सहभागिता रहेको थियो ।

फिलिपिन्सका अर्जनमर रेवताको ‘अ बक्सिङ कन्ट्रि ’ द वेस्ट सर्ट फिल्मको अवार्ड जित्न सफल भए भने अर्का नेपाली वृत्तचित्र निर्मता बिक्की कार्कीको ‘इफ अन्लि दे वेअर नट क्रिमिनलाइज्ड ’ दोस्रो भयो । त्यसै गरी ‘अ जेल इन जेल्ड नेसन’ वृत्तचित्र तेस्रो र पोखराका वृत्तचित्र निर्माता श्रेष्ठको ‘इन्टु द लाइट ’ ले पब्लिक च्वाइस टाइटल पाउन सफल भएको थियो ।

बिजेताले अवार्ड सङ्गै क्रमश पहिलोले २५ सय अमेरिकी डलर, दोस्रो १२ सय अमेरिकी डलर, तेस्रोले ८ सय अमेरिकी डलर र पब्लिक च्वाइस बिजेताले ५ सय अमेरिकी डलर प्राप्त गरेका छन् ।

लामो समयसम्म लागु पदार्थ सेवन गरेका गरेका र लागु पदार्थ सेवनबाट नै प्राण घातक रोग एड्स लागेका ब्यक्तिहरु उद्दारको लागि स्थापना भएको कम्युनिटी सपोर्ट ग्रुपको बिषयमा श्रेष्ठले वृत्तचित्र तयार पारेका थिए ।

विभिन्न चार चरणको छनोट प्रक्रिया पछी अन्तिम १२ मा पर्न सफल वृत्तचित्रको नाम गत माघमा सार्वजानिक गरेको थियो । जसमा नेपालका ६ वृत्तचित्र पर्न सफल भएको थियो ।

कमेन्टहरु
Loading...