शिब पलाँसको नयाँ एल्बम “नझरेका आँशुहरु”

पोखरा , २५ माघ/युवा पुस्ताका चर्चित गीतकार शिब पलाँस नयाँ गीति संग्रह सार्बजानिक गर्ने अन्तिम तयारीमा जुटेका छन् । सार्बजानिक हुने तयारीमा रहेको “नझरेका आँशुहरु” नामको नयाँ गीति संग्रहमा सुनको जलप लगाएको, तिमीलाई पोल्ने चिन्ता लाग्छ, सास चलिरहेको छ, दरबार जस्तो घरबार र बसेर होला प्यार गरि पाँच गीत समावेश छन् ।

स्वरुपराज आचार्य, प्रमोद खरेल, राज सिग्देल र सुमन क्षेत्रिको स्वरमा रेकर्डिङ भइरहेका यि गीतहरुमा तेजेन्द्र गुरुङ्ग, सन्जु थापा, अर्जुन पोखरेल, राज सिग्देल र रमेश कडरियाको संगीत रहेको छ । सुनको जलप बोलको गीतको भने भिडियो पनि सार्बजनिक भइसकेको छ । कडरिया ईन्टरटेनमेन्ट मार्फत बजारमा आउने तयारीमा रहेको उक्त एल्बमको निर्माता होम घले र शिब पलाँस रहेका छन् ।

माया गर्नुको अर्थ, आगो भन्ने जान्दा जान्दै, बेहोसिमै छोडि गयौ, गन्दै जाँदा पिरतीमा लगाएतका दर्जनौ गीतमा कलम चलाइसकेका शिब पलाँस हाल अमेरिकामा बसेर पनि साहित्य रचना र गीति लेखनमा उत्तिकै सक्रिय छन् ।

कमेन्टहरु
Loading...