सेञ्चुरी ल्होसार मेलाको तयारी पुरा

पोखरा, २ पौष /कास्कीको अन्नपुर्ण गाँउपालिका वडा नं ११ छोम्रोङ स्थित सेञ्चुरी युवा क्लबले सञ्चालन गर्न गईरहेको १७ औं सेञ्चुरी ल्होसार मेला—२०७५ को तयारी पुरा भएको छ । पौष ५ गते देखि १० गते सम्म तमु ल्होसारको अवसर पारी मेलाको आयोजना गर्न गईरहेको आईतवार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए्का छन् ।“ब्यक्तित्व तथा नेतृत्व विकासका लागि खेलकुद र कला संस्कृतिको संरक्षण” भन्ने नाराका साथ २०५८ मा स्थापित क्लबले आफ्नो स्थापना दखि नैं पुरुष भलिवल÷बास्केटबल, महिला भलिबल, पौढ भलिबल, रस्सि तान्ने, ठेलो हान्ने जस्ता विभिन्न खेलकुद सँगसगै सास्कृतिक कार्यक्रमहरु गर्दै आएको अध्यक्ष गुरुङले बताए ।

मेलामा सञ्चालन हुने बिभिन्न प्रतियोगिता मध्ये क्लब स्तरिय पुरुष भलिवलमा १७ टिम, पुरुष बास्केटबलमा ११ टिम र महिला भलिवलमा ८ टीमको सहभागिता रहने मेलाका संयोजक राजकुमार गुरुङले जानकारी दिए ।जस मध्ये पुरुष भलिवलमा सेञ्चुरी युवा क्लब घुर्जुङ, माझ गाँउ युवा क्लब, न्यू डाँफे युवा क्लब, सोल्टी युवा क्लब, जन उत्थान दिगो बिकास संस्था, क्यूक्पचे बराह युवा क्लब, आँधिखोला पर्वत, योङ्ग स्टार उरी, देउराली युथ क्लब टोल्का, भुमी युवा क्लब उल्लेरी, लाली गुराँस युवा क्लब धम्पुस, अन्नपुर्ण युथ क्लब, ताउलुङ झिनु आमा समुह, डाँडा गाँउ भलाम र आयोजक सेञ्चुरी युवा क्लब छोम्रोङ रहेका छन ।

यसैगरि खुला बास्केटबलमा स्पोर्टस एजुकेशनल क्लब काठमाण्डौं, मेश्रम युवा क्लब, डाँडा गाँउ युवा क्लब, तल्लो गाँउ युवा क्लब, ताङतिङ युवा क्लब ताङतिङ, लामाचौर युवा क्लब पोखरा, सालिजा युवा क्लब पर्वत, राधि युवा क्लब र आयोजक सेञ्चुरी युवा क्लबको ३ टीम रहेका छन् ।महिला भलीवल तर्फ एपिएफ, न्यू डायमण्ड, पोखरा युनाईटेड, पुन युनाईटेड, टप्स उच्च मा वी, डाँफे युवा क्लब र आयोजक सेञ्चुरी युवा क्लबको २ टीम रहेको संयोजक गुरुङले बताए ।

क्लब स्तरिय पुरुष बास्केटबल र भलिबलमा प्रथम हुनेले ६० हजार नगद सहित मेडल ट्रफि र प्रमाण—पत्र हात पार्ने छन भने द्धित्तिय स्थान ल्याउनेले ४० हजार नगद सहित मेडल ट्रफि र प्रमाण—पत्र पाउने छन् । यसै गरि महिला भलिबल तर्फ प्रथम स्थान प्राप्त गर्नेले ५० हजार नगद सहित मेडल ट्रफि र प्रमाण—पत्र र दोश्रो स्थानको लागि ३० हजार नगद सहित मेडल ट्रफि र प्रमाण—पत्र रहेको छ । पौढ भलिबलको लागि प्रथम २० हजार द्धित्तियको लागि १० हजार नगद सहित मेडल र प्रमाण—पत्र प्रदान गरिने मेलाका प्रचारप्रसार संयोजक जगदिश गुरुङले बताए ।

मेला सम्पन्न गर्नका लागि सेञ्चुरी युवा क्लबका अध्यक्ष मिकास गुरुङ रहने गरि बिभिन्न ११ उपसमिति गठन गरिएको छ । मेलाको मुख्य प्रायोजकमा अर्ना बियर, सह प्रायोजक र प्रायोजकमा अन्नपुर्ण गाँउपालिका कास्की, कुमारी बैक, अन्नपुर्ण गाँउपालिका वडा नं ११ छोम्रोङ लगाएत रहेका क्लबका सचिव दिपक गुरुङले जानकारी गराएका छन् ।

कमेन्टहरु
Loading...